न्युयोर्कमा अधिकारको सेन्सस सप्ताह सुरु, सेन्सस भर्न आउनेलाई मास्क र सेनिटाइजर


प्रकाशित मिति : श्रावण १०, २०७७ शनिबार

अमेरिकामा नेपाली र नेपालीभाषी आप्रवासीहरुको हकहितका लागि कृयाशिल गैर नाफामुलक संस्था अधिकारले आजदेखि सेन्सस सप्ताह सुरु गरेको छ । आज न्युयोर्कको रिजउड नेपाली समाजसँगको सहकार्यमा रिजउडमा कार्यक्रम गरिएको थियो ।

जुलाई २६ मा घ्याल्सुम्दो सेवा संस्थासँगको सहकार्यमा एल्महस्र्टमा कार्यक्रम गरिने छ भने जुलाई २७ मा ज्याक्सनहाइट र एल्महस्र्टमा सेन्ससको पोष्टर टाँस्ने कार्यक्रम रहेको छ । त्यस्तै जुलाई २८ मा अधिकार नेल सलोन कामदारका लागि बु्रकलिनमा कार्यक्रम गरिदैछ ।

जुलाई २९ मा नेल सलुन संचालकका लागि उडसाइडमा र जुलाई ३० मा ज्याक्सनहाइटको डाइभर्सिटी प्लाजामा कार्यक्रम गरिनेछ । सेन्सस सप्ताहको अन्तिम दिन जुलाई ३१ मा लायन्स क्लब आफ क्वीन्स नेपलिजसँगको सहकार्यमा कोरोनामा कार्यक्रम गरिदैछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सेन्सस भर्न आउनेहरुलाई मास्क र ह्याण्ड सेनिटाइजर निशुल्क उपलब्ध गराउने अधिकारले जनाएको छ । न्युयोर्कमा सेन्ससको रेस्पोन्स दर जम्मा ५८ प्रतिशत रहेको अवस्थामा अधिकारले सप्ताहव्यापी कार्यक्रम सुरु गरेको हो ।

अमेरिकामा नेपालीहरुको संख्या झण्डै ३ लाख अनुमान गरिएपनि जनगणनाममा भने निकै कम संख्या देखिएको छ । अमेरिकामा झण्डै डेढलाख नेपालीहरु ग्रिनकार्ड वा नागरिकतावाहक रहेका छन् । त्यो बाहेक इमिग्रेशन आवेदनहरु पेन्डिङ अवस्थामा रहेका र कागजपत्रविहिनहरुको संख्या पनि उल्लेख्य छ ।

अमेरिकाको सरकारी साधनश्रोत र सुविधामा पहुँचका लागि तथा संघीय सरकारबाट विनियोजन हुने अरबौं डलरमा सही हिस्साका लागि जनगणना महत्वपूर्ण मानिन्छ । त्यसमा नेपालीहरुको संख्या उल्लेख्य देखिएमा नेपाली र नेपाली अमेरिकनहरुलाई स्वास्थ्य, शिक्षा लगायतका साधनश्रोत र सुविधामा पहुच कायम हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com