आन्तरिक पर्यटकले होटल भरिभराउ


प्रकाशित मिति : बैशाख ८, २०७४ शुक्रबार

पर्यटकीय मौसम सुरु भएसँगै मुस्ताङका होटल आन्तरिक पर्यटकले भरिभराउ भएका छन् ।

चैत महिनाको पहिलो सातादेखि पर्यटकको आवागमन बढेपछि जिल्लाका होटल अग्रिम बुकिङ हुन थालेका हुन् । अनुकूल मौसममा मुस्ताङमा पोखरा–जोमसोम हवाई मार्गबाट समेत पर्यटक भ्रमणमा आउने गरेका छन् ।

फागुन अन्तिम सातादेखि असोज महिनासम्म मुस्ताङ भ्रमणका लागि उपयुक्त मौसम हो । माटोको सहर लोमान्थाङ, तिब्बती कला संस्कृति, मुक्तिनाथ, कागबेनी, दामोदरकुण्ड र फरक भू–बनोटका कारण मुस्ताङमा यो मौसममा हजारौँ आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।

पर्यटन याम सुरु भएसँगै मौसमले पनि साथ दिएका कारण एक महिनादेखि होटल भरिभराउ भइरहेको मुस्ताङका पर्यटन व्यवसायी खगेन्द्र तुलाचनले जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०ले जिल्लामा भित्रिने आन्तरिक पर्यटकको तथ्याङ्क सङ्कलन नगरे पनि बाह्य पर्यटकभन्दा दोब्बर आउने गरेको जनाएको छ ।

खासगरी पछिल्लो तीन वर्षयता नेपालीमा बिदा, चाडपर्व र विशेष अवसरमा घुम्ने संस्कृतिको विकास भएका कारण जिल्लाको पर्यटन क्षेत्र अहिले आन्तरिक पर्यटककै भरमा सञ्चालन हुँदै आएको छ ।

“नेपालीहरु विदेशीजस्तो हरेक कुरामा बार्गेनिङ गर्दैनन्, पहिला हामी सेतो छाला गरेको मान्छेलाई मात्र पर्यटक भन्थ्यौँ”, मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्षसमेत रहेका तुलाचनले भन्नुभयो – “तर, अहिले यहाँको अवस्था बदलिएको छ, धेरै दिनअघिदेखि नै हाम्रा होटल बुकिङ भइरहेका छन् ।”

नयाँ वर्ष मनाउन र चैतेदसैँ पर्वको अवसरमा मात्रै बेनी हुँदै सात हजार पर्यटक कागबेनी र मुक्तिनाथ पुगेको अनुमान गरिएको छ ।

“लेतेदेखि माथि मुक्तिनाथसम्म करिब १५० होटल सञ्चालनमा छन्, चैत महिनादेखि अहिलेसम्म कुनै दिन खाली छैनन्”, तुलाचनले भन्नुभयो –“एकदमै राम्रो व्यापार भइरहेको छ ।”

एक्याप जोमसोमका प्रमुख तुलसी दाहालले मुस्ताङमा पछिल्लो समय बाह्य तुलनामा आन्तरिक पर्यटकको चहलपहल बढी हुँदै गएको बताउनुभयो । “चैतेदसैँको मौसममा भारतीय नागरिक पनि धेरै आए, तर उनीहरुकै हाराहारीमा नेपाली पनि आए” – उहाँले भन्नुभयो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com