विगत १४ दिनमा युरोप यात्रा गरेका थप भिसावाहकलाई अमेरिका आउन छुट


प्रकाशित मिति : श्रावण २, २०७७ शुक्रबार

अमेरिकी विदेश मन्त्रालयले एक सुचना जारी गरेर विगत विगत १४ दिनमा युरोपको शेंगेन क्षेत्र, बेलायत र आयरल्याण्डको यात्रा गरेका विद्यार्थी भिसा भएकाहरुलाई अमेरिका आउन छुट दिइने जनाएको छ । एफ भिसाका अतिरिक्त एम र जे भिसा वाहकलाई पनि छट दिइएको छ ।

एम भिसा वाहकले भने अमेरिका आउनु अगाडि अमेरिकी कन्सुलेटबाट नेशनल भिसा वेभर लिनुपर्ने जनाइएको छ । त्यस्तै विजनेश यात्राका लागि विद्युतीय प्रणालीबाट यात्रा अनुमति लिइसकेकाहरुलाई पनि अमेरिका आउन छुट दिइएको छ । ईवान ,ईटु भिसामा आउने सन्धी ब्यापारी वा लगानीकर्तालाई पनि अमेरिका आउन छुट दिइएको छ ।

यसैबर्षको मार्च महिनामा ट्रम्प प्रशासनले कोरोनाको महामारी फैलिनबाट रोक्न युरोपको शेंगेन क्षेत्र, बेलायत र आयरल्याण्डबाट अमेरिका आउनमा रोक लगाएको थियो । उक्त रोक अहिलेसम्म पनि कार्यान्वयनमा नै रहेको छ । तर विद्यार्थी लगायतलाई अमेरिका आउनमा छुट दिएर उक्त रोकलाई केही खुकुलो पारिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच अमेरिकी विदेशमन्त्रालयले एक सुचना जारी गरेर डिभी लोटरी २०२० का सन्दर्भमा स्पष्ट पारेको छ । आज जारी सुचनामा राष्ट्रपतिको घोषणाले डाइभर्सिटी भिसा जारी गर्नमा समेत रोक लगाएको उल्लेख गर्दै गत अप्रिल २३ सम्म भिसा जारी नभएका डिभी २०२० का आवेदकको भिसा जारी नहुने स्पष्ट पारेको छ ।

अमेरिकी विदेश मन्त्रालयले भिसाका लागि कसकसलाई छुट दिइनेछ भन्नेबारे थप स्पष्ट समेत पारेको छ । आवेदकहरु जो उनीहरुको आप्रवासी भिसा श्रेणी राष्ट्रपतिको कार्यकारी आदेश समाप्त हुनुअगाडि अर्थात् त्यसपछिको दुईहप्ताभित्र एजआउट हुने अवस्थामा छ, उनीहरुका लागि आप्रवासी भिसा जारी गरिने अमेरिकी विदेश मन्त्रालयले स्पष्ट पारेको छ । अर्थात् जसको आप्रवासी भिसा श्रेणी सन् २०२१ को जनवरी १५ अगाडि नै एजआउट हुँदैछ, उनीहरुले भिसा पाउनेछन् ।

त्यस्तै अमेरिकाको विदेश नीतिको उद्देश्य अनुरुप वा अमेरिकी सरकारको अनुरोधमा अमेरिकामा कामका लागि आउन लागेका कामदार भिसा एच र जेका निश्चित आवेदकलाई पनि भिसामा छुट दिइनेछ । कोरोना १९ सम्बन्धि कामका लागि आउन लागेकाहरुलाई कामदार भिसामा छुट दिइने अमेरिकी विदेशमन्त्रालयले जनाएको छ ।

पहिले नै फर्म स्वीकृत गरिसकिएका एच, जे, र एल भिसा आवेदकका दम्पत्ति र छोराछोरीहरुलाई पनि भिसामा छुट दिइने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । पहिले नै फर्म स्वीकृत भइसकेका अन्य निश्चित प्रकारका भिसा वाहकका दम्पत्ति र छोराछोरीहरुका लागि पनि भिसामा छुट दिइने भएको छ । तर अरु कुन कुन भिसा भन्नेबारे स्पष्ट पारिएको छैन ।

मुख्य आवेदक पहिले नै अमेरिकामा रहेकाहरुका वा अन्य सबै हिसाबले योग्य रहेका आफन्तहरुलाई एच, एल र जे श्रेणीका भिसा जारी गरिने पनि अमेरिकी विदेशमन्त्रालयको सुचनामा उल्लेख छ । तर राष्ट्रपतिको कार्यकारी आदेशको सबैभन्दा ठूलो मार भने डिभी विजेताहरुलाई पर्ने भएको छ । अन्य भिसा श्रेणीका व्यक्तिले डिसेम्बरपछि भएपनि भिसा पाउन सक्नेछन् तर डिभी २०२० का विजेताहरुले आगामी सेप्टेम्बरभित्र भिसा नपाउँदा डिभीका औचित्य समाप्त हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com