आज अमेरिकामा ट्याक्स फाइल गर्ने अन्तिम दिन, जान्नैपर्ने केही तथ्य


प्रकाशित मिति : असार ३१, २०७७ बुधबार

आज अमेरिकाका ट्याक्स फाइल गर्ने अन्तिम दिन हो । अर्थात् सन् २०१९ को ट्याक्स फाइल आज मध्यरातीसम्म गरिसक्नुपर्ने प्रावधान रहेको छ । कोरोनाको महामारीका कारण आईआरएसले ट्याक्स फाइल गर्ने डेडलाइन अप्रिल १५ बाट लम्बाएर जुलाई १५ सम्म तय गरेको हो ।

व्यक्तिगत करदाताहरु जसले जुलाई १५ सम्म ट्याक्स फाइल गर्न सक्दैनन्, उनीहरुले अक्टोबर १५ सम्म फाइल गर्नका लागि अटोमेटिक एक्स्टेन्सन अनुरोध गर्न सक्छन् । आईआरएसका अनुशार बुधबार मध्यरातीसम्म त्यस्तो अनुरोध गर्न सकिन्छ ।

तर उक्त एक्स्टेन्सन फाइल गर्नका लागिमात्र हो, ट्याक्सको रकम तिर्नका लागि होइन । जुलाई १५ भित्र फाइल गर्नेहरुका लागिमात्र कुनै जरिवाना, बिलम्ब शुल्क वा ब्याज नलाग्ने आईआरएसको भनाई छ ।

जुलाई १५ को डेडलाइन आयकर तिर्नेमात्र डेडलाइन नभई अनुमानित ट्याक्स तिर्ने समेत डेडलाइन भएको सीपीए विराज रिजालले जानकारी दिएका छन् । आईआरएसले आफ्नो वेवसाइटमार्फत निशुल्क ट्याक्स फाइल गर्नसकिने विकल्पहरु समेत दिएको छ । जुलाई १५ भित्र फाइल गर्न नसक्नेहरुले अनुमानित ट्याक्स तिरेर एक्सटेन्सन फाइल गर्न सक्ने रिजालको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जुलाई १५ को डेडलाइनमा ट्याक्स फाइल गर्न नसक्नेहरुले कर फाइल गरिदिने पेशाकर्मी वा ट्याक्स सफ्टवेयरका प्रयोग गरेर फर्म ४८६८ मार्फत अक्टोबर १५ सम्मको अटोमेटिक एक्सटेन्सनका लागि अनुरोध गर्न सक्छन् । करदाताहरुले आफ्नो हिस्साको सबै कर जुलाई १५ भित्र विद्युतीय रुपमा तिरेको खण्डमा मात्र उनीहरुको अटोमेटिक एक्सटेन्सन स्वीकार गरिने आईआरएसले जनाएको छ ।

जुलाई १५ भित्र ट्याक्स फाइल गर्न नसक्ने विजनेशहरुले पनि फर्म ७००४ भरेर एक्सटेन्सन अनुरोध गर्न सक्छन् । तर विजनेशका लागि समेत उक्त थपिएको अवधि फाइल गर्नका लागिमात्र हुने र रकम तिर्नका लागि नहुने आईआरएसले स्पष्ट पारेको छ । ब्याज र जरिवानाबाट बच्न विजनेशहरुले आफूले तिर्नुपर्ने अनुमानित करको रकम जुलाई १५ भित्र नै तिर्नुपर्छ ।

करको रकम ५० हजारभन्दा कम रहेकाहरुले तत्काल रकम तिर्न नसकेर १२० दिन भन्दा बढी समय आवश्यक भएमा पेमेन्ट योजनाका लागि अनलाइनमार्फत आवेदन दिन सक्छन् ।

२०१६ को रिफण्ड दावी गर्ने अन्तिम म्याद आज

सन् २०१६ मा ट्याक्स फाइल नगरेका १ दशमलव ४ मिलियन करदाताले पाउनुपर्ने झण्डै डेढ बिलियन डलर आफूसँग रहेको आईआरएसले जनाएको छ । उक्त रिफण्ड रकम दावी गर्ने अन्तिम म्याद पनि आजै हो ।

जुलाई १५ भित्र सन् २०१६ को ट्याक्स फाइल नगर्नेहरुका लागि सन् २०१६ को रिफण्ड बापत उक्त रकम पाउने मौका सधैका लागि समाप्त हुनेछ । किनभने कुनै पनि बर्षको ट्याक्स फाइल उक्त बर्षको ट्याक्सफाइल गर्ने प्रारम्भिक डेडलाइन सकिएको तीनबर्षभित्र फाइल गरेमामात्र रिफण्ड पाउन सकिने सीपीए विराज रिजालले जानकारी दिनुभएको छ ।

रिजालले खसोखाससँग भन्नुभयो – ‘सन् २०१६ को ट्याक्स फाइल गर्ने प्रारम्भिक डेडलाइन सन् २०१७ को अप्रिल १५ सम्म थियो । त्यसपछिका तीनबर्षभित्र ट्याक्स फाइल गरेमामात्र सन् २०१६ को रिफण्ड प्राप्त गर्न सकिन्छ । तेश्रो बर्षको म्याद पनि जुलाई १५ मा समाप्त हुदैछ ।’

सन् २०२० मा ट्याक्स फाइल गर्ने म्याद गत अप्रिल १५ मा नै समाप्त भएपनि कोरोनाको महामारीका कारण उक्त म्याद आईआरएसले जुलाई १५ सम्म थपेको हो । सीपीए रिजालले भन्नुभयो – ‘बैधानिक टाइमलाइनभित्र ट्याक्स फाइल नगर्नेहरुलाई ट्याक्स क्रेडिट दावी गर्ने छुट हुँदैन । बरु ट्याक्स तिर्नुपर्ने रकम ब्याज र जरिवानासँग बढ्दै जान्छ ।’

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com