विकास गर्ने नेतालाई भोट,पत्रकार पनि चुनाव लड्दै


प्रकाशित मिति : बैशाख ५, २०७४ मंगलबार

पार्टीका लोकप्रिय नेता भन्दा पनि जनताको मन जित्ने विकासवादी नेतालाई उम्मेदवार बनाउन जाजरकोटवासीले दलहरुलाई आग्रह गरेका छन् ।

पार्टीको निर्देशन भन्दा पनि जनताको मतको कदर गर्नेलाई हामी समर्थन गर्ने मनसायमा छौँ, त्रिवेणी नलगाड नगरपालिका– ८ की सीता खत्रीले भन्नुभयो ।

भ्रष्टाचार गरेको र विकास निर्माणमा हेल्चक््याई गरेको नेतालाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने उहाँले बताउनुभयो । मुलुकको विकास र समृद्धिका लागि नातावाद, पार्टीवाद र आफ्नालाई मात्र हेर्ने गरेकोमा अब जनताप्रेमी, विकासवादी, स्वाच्छ छबिका नेता चाहिएको बारेकोट गाउँपालिका जिरीका धनी रावतले बताउनुभयो ।

हाम्रो गाउँपालिकामा अहिलेसम्मा सडक, विद्युत्, टेलिफोन र स्वास्थ्य संस्था नभएको र यी सबै आवश्यकता पूर्ति गर्ने खालका नेताको आवश्यकता रहेको उहाँले भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिले हामी एउटै नाउँलाको पानी दुई गाउँका मानिसले खाने गछौँ, त्यही नाउँलाका पानी पशुचौपायालाई समेत खुवाउनुपर्छ, रावतले भन्नुभयो –‘हाम्रो आवश्यकता पुरा गर्ने नेतालाई नै हामी यसपालि मतदान गछौं ।’

“उपचारका लागि हामीलाई स्वास्थ्य संस्था जान पनि चार घन्टा भन्दा बढी समय लाग्छ, भगवानको भरोसमा हामी बाँचेका छौं, अर्का स्थानीय जनक सिंहले भन्नुभयो – पैसाका बलमा राजनीति गर्ने यहाँ धेरै छन् तर विकासका लागि राजनीति गर्ने कोहि देखिएन् ।”

“चुनावका बेला मात्र गाउँमा देखिने नेता देखि सबै सचेत हुनुपर्छ, पश्चिम जुनी चाँदे गाउँपालिका कृष्णबहादुर खड्काले भन्नुभयो – ‘जसले विकास गर्छ उसैलाई भोट दिन्छौं, अब आफ्नो पार्टीको उम्मेदवार हो भनेर भोट हाल्ने दिन गए ।’

पहुँचको आधारमा टिकट

सबै दल र त्यसका नेतृत्वमा अहिले पैसा भएका र ठूला नेतासंग पहुँच भएकालाई मात्र उम्मेदवार बनाउने चलन मौलाएको हुँदा विकासमैत्री सही उम्मेदवार जनताले पाउन सक्ने अवस्था नरहेको त्रिवेणी नगरपालिकाका काँग्रेसका नेता तिलक खत्रीले बताउनुभयो ।

स्थानीय तहको निर्वाचनका लागि अहिले दलहरु उम्मेदवार छनौट गर्ने कार्यमा जुटेका छन् । नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा ९माओवादी केन्द्र०ं लगायतका दलहरुमा उम्मेदवारको आँकक्षी धेरैभएपछि उम्मेदवार छनौट गर्न हम्मेहम्मे परेको छ । तर पनि पार्टीको आधिकारिक उम्मेदवार छनौट गर्न दलहरु अन्तिम चरणमा पुगेको छ ।

पत्रकार पनि चुनाव लड्दै

जाजरकोटको बारेकोट गाउँपालिकाको प्रमुख पदकालागि प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष वीरबहादुर गिरीको चर्चा छ भने प्रेस सेन्टर नेपाल, ६ नम्बर प्रदेशका सदस्य दीपेन्द्र शर्मा कुशे गाउँपालिकामा उम्मेदवारी दिइने प्रायः निश्चित छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com