म्याग्दी पहिरो : मृत्यु हुनेको सङ्ख्या २८


प्रकाशित मिति : असार २८, २०७७ आईतबार

हिमाली जिल्ला म्याग्दीको विभिन्न स्थानमा पहिरोमा परी बेपत्ता भएकामध्ये थप एक जनाको शव भेटिएको छ । आइतबार थप एक जनाको शव फेला परेसँगै मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । आइतबार बिहान प्रहरीले धौलागिरी –६, मराङका खिमबहादुर जुग्जालीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकृत इन्सपेक्टर डाक्टरप्रसाद चौधरीले जानकारी दिनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीको अगुवाईमा गण्डकी प्रदेश सरकार, बेनीमा रहेको सामाजिक संस्था ओमकुमारी शान्ति कोष समेतले ५० थान त्रिपाल, ४२ वटा ब्ल्याङ्केट, म्याट र कम्बल २५, चाउचाउ एक सय कार्टुन, बिस्कुट २० कार्टुन, तेल २० कार्टुन, नुन पाँच बोरा, पिउने पानी, मसला दुई बोरा, चामल ५० बोरा र दाल दुई बोरा शनिबार र आइतबार गरी पहिरो पीडितलाई हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो । त्यस्तै बेनीमा रहेको गैरसरकारी संस्था सङ्गमले २२ हजार रुपियाँ बराबरको सामग्री सहयोग गरेको छ । आइतबार म्याग्देली युवा आवाज समूहले जिल्ला विपद् व्यवस्थापन कोषलाई दुई लाख रुपियाँ नगद हस्तान्तरण गरेको छ ।

धौलागिरी गाउँपालिकामा पहिरोमा परेर घाइते भएका १२ जनाको शनिबार र एक जनाको आइतबार प्रभु एयरको हेलिकोप्टरबाट उद्धार गरिएको थियो । मराङ र बिममा आएको पहिरोमा परेकामध्ये तीनजना जीवितै सम्पर्कमा आएको भए पनि अझै चार जना बेपत्ता भएका छन् । बेपत्तामध्ये ५१ वर्षीया जनिमा केसी, १६ वर्षीय सविन पुन, मालिका–७, बिमको एलिसा केसी र खोलाले बगाउँदा बेपत्ता भएकी मालिका–६, दरबाङका ४१ वर्षीय गीता रोका नभेटिएको प्रहरीले जनाएको छ ।

धौलागिरी गाउँपालिका–७ ताकममा पाँच घर, धौलागिरी गाउँपालिका–६ मराङमा २० घर र मालिका –६ बिममा १० घर पहिरोले पूर्ण क्षति भएको छ । धौलागिरी गाउँपालिकाका जोखिममा रहेका ५९० जना, रघुगङ्गा गाउँपालिका–३, गलेश्वर राहुघाट खोलानजिकैको बस्तीका २१ घरका ८५ जना, मालिका गाउँपालिबाट १९६ जनालाई र बेनी नगरपालिकाका जोखिममा रहेका २५ जना गरेर ८९६ जनालाई सुरक्षित स्थानमा राखिएको इन्सपेक्टर चौधरीले जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पहिरोमा परेर गम्भीर घाइते मराङको २२ वर्षीया मन्जिता श्रीपाली, आठ वर्षीय सफल श्रीपाली र मालिका–७, बिमका ४० वर्षीय पूर्ण परियार, मराङका ८७ वर्षीया गौमती सुनार र ६३ वर्षीया सतदेवी बिटालुलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ । मालिका–६, दरबाङका बालसिंह रोकालाई भने थप उपचारका लागि काठमाडौँमा रिफर गरिएको छ । मराङका ४३ वर्षीय धनबहादुर जुग्जाली, ३५ वर्षीय कुशल पुन, २२ वर्षीय दीपक श्रीपाली, १६ वर्षीया बिर्सना जुग्जाली, १२ वर्षीय अङ्कित जुग्जाली र ७२ वर्षीय हरिबहादुर बिटालु भने बेनी अस्पतालमा उपचार गरी घर फर्कनुभएकाे छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com