५८ प्रतिशत हिंसा घरभित्रै,महिलाका लागि आफ्नै घर यातना गृह


प्रकाशित मिति : असार २५, २०७७ बिहीबार

महिला पुनर्स्थापना केन्द्र (ओरेक)ले पछिल्लो ३ महिनामा ८४३ जना महिला तथा बालिकामाथि हिंसा भएको जनाएको छ । अभिलेखिकरण भएका हिंसाका घटनामध्ये सबैभन्दा बढी ५८ प्रतिशत अर्थात ४९० वटा घटना घरभित्रकै सदस्यको संलग्नतामा भएको पाईएको छ ।

दाइजो नल्याएको÷कम ल्याएको निहुँमा, छोरी छोरी जन्माएको निहुँमा, सन्तान नजन्मिएकोमा सबै दोष महिलालाई मात्र लगाउने, गालीगलौज गर्ने, चारित्रिक आरोप लगाउने तथा अपशब्द प्रयोग गरी २८८ जना महिलामाथि शारिरिक हिंसा र १०२ जनामाथि मानसिक हिंसा भएको पाइएको ओरेकले जनाएको छ ।
यसैगरी ७१ जना महिलालाई खानालाउन नदिई घर निकाला गरेको, १४ जनाको विवाहदर्ता नबनाईदिएको, ४ जना बच्चाको जन्मदर्ता नबनाइदिएको, ८ जनाको नागरिकता नबनाइदिएको, ३ जनालाई स्वास्थ्य सुविधाबाट बञ्चित गरिएको घटनाहरु रहेका छन् ।

यसैगरी ८३ वटा सामाजिक हिंसा, १३१ वटा बलात्कार, २६ वटा बलात्कारको प्रयास, ३५ वटा यौन दुव्र्यवहार, २१ वटा हत्या, ४ वटा हत्या वा आत्महत्या पुष्टि हुन बाँकि रहेको, ३२ वटा आत्महत्या, २ वटा आत्महत्याको प्रयास, ४ वटा हत्याको प्रयासका घटना, ४ वटा मानव बेचविखन र ११ वटा साइवर अपराधसँग सम्बन्धित रहेका छन् ।

हिंसा प्रभावितमध्ये सबैभन्दा बढी १७ देखि २५ वर्ष उमेर समुहका २५९ जना, २६ देखि ३५ वर्ष उमेर समुहका २३९ जना , १६ वर्षभन्दा कम उमेर समुहका १४३ जना, ३६ देखि ४५ वर्ष उमेर समुहका १०६ जना, बाँकी अन्य उमेर समुहका रहेका छन् । यस्तैगरि हिंसाका आरोपित व्यक्तिमध्ये २८४ जना २६ देखि ३५ वर्ष उमेर समुहका, १९७ जना ३६ देखि ४५ वर्ष उमेर समुहका, १८० जना १७ देखि २५ वर्ष उमेर समुहका, ११२ जना ४६ वर्षभन्दा माथिका, ७ जना १६ वर्षभन्दा कम उमेरका र ८९ जना उमेर समुह थाहा नभएका रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हिंसा गर्ने व्यक्तिमा ३५७ जना श्रीमान, १३३ जना परिवारका अन्य सदस्य, १७६ जना छिमेकी, ४० जना प्रेमी ठानिएका व्यक्ति, १६ जना साथी, १२ जना सेवा प्रदायक, ४ जना शिक्षक, ४ जना घरमालिक र ६५ जना पहिचान नखुलेको व्यक्ति रहेका छन् ।

प्रत्येक व्यक्तिका लागि घर सुरक्षित हुन्छ भन्ने मान्यता रहेको भएपनि यस तथ्याकंले घरभित्रै महिला र बालिका अझ बढी असुरक्षित र हिंसाको जोखिममा रहेको देखाएको ओरेकले जनाएको छ ।

सरकारले घरेलु हिंसामा संलग्न व्यक्तिलाई कानुनी कार्वाहि र आवश्यकता अनुसार सुधार गृहमा राख्ने र प्रभावितलाई घरमा नै सुरक्षित रुपमा रहने वातावरण निर्माण गरी प्रभावितको शिक्षा, स्वास्थ्य तथा जीविकोपार्जनका लागि सहयोग गर्नुपर्ने आवश्यकता संस्थाले औंल्याएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com