किन कर तिर्दैनन् निर्माण व्यवसाय ?


प्रकाशित मिति : बैशाख २, २०७४ शनिबार

जिल्ला समन्वय समिति गोरखाको आन्तरिक आय रु ८७ लाख छ । नदी घाटमा लगाइएको नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) ठेक्का, काठ बेचबिखन, विभिन्न भौतिक संरचना निर्माणबापत र ग्रामीण सडकका पटके करबाट सङ्कलन भएको कर नै जिससका आन्तरिक आय हुन् ।

निर्माण व्यवसायीले योजनाको काम सम्पन्न गर्ने तर कर नतिर्ने गर्दा आन्तरिक आयवृद्धि हुन सकेको छैन । जिससको तथ्याङ्क हेर्दा आब ०६१/६२ देखि निर्माण व्यवसायीले कर नतिरेको देखिन्छ । नदीजन्य पदार्थका कर पनि व्यवसायीले तिरेका छैनन् ।

निर्माण व्यवसायी अमृतबहादुर कार्कीेलाई ०६१/६२ मा ढुङ्गा गिट्टी बालुवा निकालेबापत रु ६५ हजार कर तिर्न बाँकी छ । अर्का व्यवसायी राजकुमार श्रेष्ठलाई ग्रामीण पटके करबापत रु २७ हजार चार सय ७७ तिर्न बाँकी छ । त्यस्तै व्यवसायी रामप्रसाद कैनीलाई एक लाख २६ हजार पाँच सय ४ रुपैयाँ कर तिर्न बाँकी छ । कैनीको यसअघि नै निधन भइसकेको छ ।

त्यस्तै आव ०६५/६६ मा खगेश्वर लामिछानेलाई नदीजन्य पदार्थको रु तीन हजार तीन सय ३३ तिर्न बाँकी छ । आव ०६६/६७ मा पूर्णकुमार श्रेष्ठलाई नदीजन्य पदार्थकै रु १३ हजार तिर्न बाँकी रहेको जिसस राजस्व फाँटका कर्मचारी मनहरि ज्ञवालीले जानकारी दिनुभयो । विश्व निर्माण सेवा आरुघाटले नदीजन्य पदार्थकै रु एक लाख ५७ हजार कर तिर्न बाँकी छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अर्का व्यवसायी भीमसेन तामाङलाई नदीजन्य पदार्थकै रु १४ हजार २३३ कर तिर्न बाँकी छ भने भुवन खनालले रु एक लाख ३३ हजार छ सय ६८ कर बुझाएका छैनन् । बर्चुली कन्स्ट्रक्सनले रु दुई लाख ५७ हजार चार सय ७, झ्याल्लाभूमी निर्माण सेवाले तीन आर्थिक वर्षको पटकको कर बुझाएका छैनन् । ‘त्यो निर्माण सेवालाई पहिलो आवमा रु दुई लाख १३ हजार ३३, दोस्रोमा रु ९६ हजार एकसय ३९ र तेस्रोमा रु २८ हजार तीन सय ३३ कर तिर्न बाँकी छ’ ज्ञवालीले भन्नुभयो ।

आव। ०७१÷७२ मा तीन निर्माण कम्पनीले जिल्ला समन्वय समितिलाई कर बुझाएनन् । सुसन निर्माण सेवाले नदीजन्य पदार्थको रु एक लाख ५१ हजार, अधिकारी निर्माण सेवाले ग्रामीण सडकको पटके कर उठाए बापतको रु सात लाख तथा रघुटे«डिङ इन्टरनेसनलले रु १४ लाख ६३ हजार एकसय ७५ कर तिरेको छैन । रघु र अधिकारीले भूकम्पका बेलाको कर मिनाहा हुनपर्ने भन्दै निवेदन दिएका थिए ।

जिसस गोरखाका स्थानीय विकास अधिकारी नारायण आचार्यले भन्नुभयो, “योजनामा ठेक्का पार्ने तर कर नतिर्ने प्रवृत्ति निर्माण व्यवसायीको छ । जसरी पनि कर उठाउने योजनामा हामी छौ ।”

निर्माण व्यवसायीले समयमै कर नतिरेपछि जिससले कर उठाउने तरिका अपनाएको छ, उहाँले भन्नुभयो– तिनुपर्ने कर सुरुमै तिरे १० प्रतिशतसम्म छुट दिने गरिएको छ । भूकम्प र नाकाबन्दीले कर सङ्कलनमा बाधा पुगेको भन्दै निर्माण व्यवसायीले भूकम्प र नाकाबन्दीका बेलाको भए पनि कर मिनाह गर्नुपर्ने दाबी गर्दैआएका छन् । निर्माण व्यवसायी सङ्घ गोरखाले जिससमा तिर्नुपर्ने कर समयमै तिर्न निर्माण व्यवसायीलाई आग्रह गरिसकेको जनाएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com