गुल्मीमा भौगोलिक अध्ययन गर्न पहिरो पीडितको माग


प्रकाशित मिति : असार १६, २०७७ मंगलबार

गुल्मीका विभिन्न क्षेत्रमा खसेको पहिराले ठूलो धनजनको क्षति पुर्याएकाले पीडितले भौगोलिक अध्ययन गर्न माग गरेका छन् । पहिराले ग्रामीण क्षेत्रका सडकमा क्षति पुर्याउँदा कतिपय ठाउँमा यातायात सेवा नै अवरुद्ध भएको तथा बस्ती नै बस्न नमिल्ने गरी जमीन भासिएकाले सो क्षेत्रको भूगोल अध्ययन गरी बस्न मिल्ने नमिल्ने माग गरिएको हो । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं ७ वेदुखर्कमा असार ६ गते खसेको पहिराले १५ घर विस्थापित भएका छन् । सोही स्थानमा अझै पाँच घर पहिराको उच्च जोखिममा छन् । त्यसरी विस्थापित तथा जोखिममा रहेका परिवारले आफूहरु बस्दै आएको बस्ती बासस्थानका लागि उपयुक्त भए वा नभएको बुझ्न भौगोलिक अध्ययन गर्नुपर्ने माग गरेका छन् ।

सदरमुकाम तम्घासमा यही असार ४ गतेदेखि ठूलो वर्षा भइरहेको थियो । वेदुखर्कका ४२ वर्षीय तुल्सीराम कुँवरले असार ५ गते साँझ घरमाथिबाट जमीनको केही भाग चर्किएको देख्नुभयो । असार ६ गते बिहान हेर्दा उक्त भाग करीब एक मिटर तल झरिसकेको थियो । लगातार वर्षा भइरहेकाले घरभन्दा दायाँबायाँ र तलपट्टि पनि पहिरो गएको थियो । घर पहिरोको जोखिममा परेपछि कुँवरको चार जनाको परिवार उसैदिनदेखि छिमेकीका घरमा कोठा लिएर बस्न थालेको छ । कुँवरको नजीकै तीन सडक छन् ।

एउटा घरको आँगनबाट नै तम्घास-सन्धिखर्क जाने, अर्को घरभन्दा करीब ५० मिटर तलबाट तम्घासदेखि नयाँगाउँ–पिपलधारा हुँदै ढोरपाटन जोड्ने र अर्को घरभन्दा करीब १० मिटर माथिबाट अर्जुन डाँडा जोड्ने सडक छन् । पहिराले तम्घा -सन्धिखर्क जोड्ने र तम्घास-नयाँगाउँ जाने सडक अवरुद्ध बनाएको थियो । दुवै सडक मानव बस्तीका हिसाबले जोखिमयुक्त छन् । वर्षायाममा पनि ठूलाठूला यन्त्र प्रयोग गरेर विनाअध्ययन बाटो मर्मत भइरहेको छ । यसले गर्दा जोखिम वृद्धि हुँदै गएको छ । कुँवरले आफू मात्र नभएर सिङ्गो बस्ती नै विस्थापित भएकाले उक्त ठाउँमा बस्ती बस्न मिल्ने/नमिल्नेबारे भौगोलिक अध्ययन गर्नुपर्ने बताउनुभयो ।

वर्षायाममा यस्तै समस्या देखिने भएकाले राज्यले आफूहरुको उचित व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ छ । सोहीँ ठाउँका पोमनारायण सुवेदीले पनि घरभन्दा माथिको पहाड नै फुटेर झरेकाले आफूहरु विस्थापित हुनुपरेको बताउनुभयो । उहाँको घरभन्दा करीब २० मिटरमाथि अर्जुन डाँडा जोड्ने सडक पर्छ । चालु आर्थिक वर्षमा पनि उक्त सडक स्तरोन्नतिका लागि रु ५० लाख विनियोजन भएको छ । समयको ख्याल नै नगरी यन्त्र प्रयोग गर्दा बस्ती नै जोखिममा पर्नेगरी जमीन फुटेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘सरकारी कार्यालय र ठेकेदारको लापरवाहीले गर्दा धेरै ठाउँबाट जमीन फुटेको छ’, उहाँले भन्नुभयो, ‘अब त बस्ती बस्न उपयुक्त छ या छैन भन्नेबारे निर्णय गर्न अध्ययन गर्नुपर्छ ।’ रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले नगरपालिकाका तर्फबाट सक्दो सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो । आफूहरुले वेदुखर्कको पहिरो र विस्थापितको अवस्था अनुगमन गरेर वैकल्पिक व्यवस्थाबारे योजना बनाउने भुसालको भनाइ छ ।

उहाँले वेदुखर्कका पहिरो पीडित बस्तीबारे आफू गम्भिर भएको बताउँदै विस्थापि परिवारलाई तत्कालका लागि खाद्य पदार्थ समस्या भए नगरपालिकामा सम्पर्क गर्न आग्रह गर्नुभयो । बस्ती बसेको जमीन कमजोर बन्दै गएकाले अध्ययनका लागि भूगर्भविद् ल्याउन आफूले पहल गर्ने नगर प्रमुख भुसालले आश्वासन दिनुभयो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com