राष्ट्रपति भण्डारीद्वारा पाँचवटा विधेयक प्रमाणीकरण


प्रकाशित मिति : असार १५, २०७७ सोमबार

/fi6«kltåf/f cWofb]z k|df0fLs/0f /fi6«klt ljBfb]jL e08f/Ln] z’qmaf/ /fli6«o;ef lgjf{rg;DaGwL cWofb]z k|df0fLs/0f ug'{x’Fb} . tl:a/ M ;f}hGo–/fi6«kltsf] sfof{no, /f;;

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय–संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका पाँचवटा विधेयकलाई सोमबार प्रमाणीकरण गर्नुभएको छ ।

विधेयक प्रमाणीकरण भएसँग यी ऐनहरू कार्यान्वयनमा आएका छन् । राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएका विधेयकहरूमा आर्थिक वर्ष २०७७ र ७८ को सेवा र कार्यका लागि सङ्घीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक छन् ।

यसैगरी, अन्य विधेयकमा ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश, २०७७ लाई प्रतिस्थापन गर्न बनेको विधेयक रहेको जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले दिनुभयो । नेपालको संविधानले संघीय संसद्बाट पारित भएका विधेयक प्रमाणीकरण गर्ने अधिकार राष्ट्रपतिलाई दिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com