लाजले रोग लुकाइयो, झन् बल्झियो


प्रकाशित मिति : चैत्र ३१, २०७३ बिहीबार

प्रकाश सि‌‌‍‍‌ह / बडिमालिका ३ की लक्ष्मी पण्डितको पाठेघर खस्ने समस्या पुरानै हो तर, लाजका कारण उनले कसैलाई पनि आफ्नो समस्या भन्न सकिनन् । उमेरले ७३ पुगेकी लक्ष्मीले समस्या लुकाउँदा लुकाउँदा १० वर्ष वितेको पत्तै पाइनन् । साह्रै गाह्रो भएर हिड्न, बस्नै नसक्ने भएपछि मात्र उनले छोरासँग पीडा पोखिन्, अनि उनको उपचार भयो ।

‘सुरुमा लाजका कारण रोग लुकाउँदै थिएँ, कसैलाई पनि भनिनँ, साह्रै ग्राहो भएपछि मात्र छोरालाई भनेकी हुँ’, लक्ष्मी सुनाउँछिन् ।

बडिमालिका ८ की जलु साउद (३५) ले झन् २१ वर्षसम्म पाठेघर खसेको कसैलाई थाहा दिइनन् । १४ वर्षकै उमेरमा विवाह गरेकी साउदको पहिलो बच्चा जन्मदाँ नै पाठेघर खसेको भएपनि त्यसपछि पनि उनले तीन बच्चालाई जन्म दिएकी थिइन् । यहिकारण उनका श्रीमानले समेत पाठेघर खसेको पत्तो पाएनन् । रोगका कारण उठबस गर्न समेत समस्या भएपछि मात्र उनले श्रीमान्लाई बताएकी थिइन् । ‘उनलाई समस्या भएको २१ वर्ष भइसकेको रहेछ, रोग लुकाउँदा उपचार पाउन ढिलो भयो’, श्रीमान् जय साउद भन्छन् ।

बडिमालिका पाटाकी फुगि दानि (५०) ले पनि पाठेघर खसेको १८ वर्षपछि उपचार गरिन् । आफ्नो रोगबारे कसैलाई नभनेकी दानिले पनि अति भएपछि मात्र उपचार गरेकी थिइन् । उनी यस्तो समस्या गाउँमा धेरै महिलामा भएपनि उनीहरुले कसैलाई भन्न नसकेको बताउँछिन् । उनी भन्छिन्, ‘गाँउमा धेरै महिलाका यस्तो समस्या छ तर, कसैलाई भन्न चाहँदैनन् । उनीहरु रोग पालेरै बसेका छन् ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जिल्लामा धेरै महिला पाठेघर खस्ने समस्याले पीडित भएपनि रोग लुकाएकोले उनीहरुले उपचार पाउन सकिरहेका छैनन् । खासगरि दुर्गम क्षेत्रमा बस्ने समुदायका महिला यस्ता समस्याबाट बढी पीडित भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डा.मोहन नाथ बताउँछन् । उनका अनुसार गाउँ गाउँमा गएर रोग पहिचान गरिएका महिला पनि जिल्लामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा आएका छैनन् ।

‘जिल्ला बाहिर गएर उपचार गर्दा धेरै पैसा खर्च हुन्थ्यो, यहिँ निःशुल्क शल्यक्रिया र उपचार गर्दा खान, बस्न र १५ सय रुपैयाँको बन्दोवस्त गर्दा समेत सेवा लिन मान्दैनन् । यो सबै लाजका कारण भइरहेको छ’, डा. नाथ भन्छन् ।

केहि समयअघि जिल्लामा सञ्चालित पाठेघर तथा आङ खस्ने समस्याको निःशुल्क शल्यक्रिया शिविरमा ४ दिनमा २७ जनाको शल्यक्रिया गरिएको थियो । उपचारका लागि आएका ९ जनालाई भने नेपालगञ्ज मेडिकल कलेजमा पठाइएको थियो ।

शिविरमा पाठेघरको शल्यक्रिया गरेका अधिकांश महिलाले लामो समयदेखि रोग पाल्दै आएको पाईएको नेपालगञ्ज मेडिकल कलेजका सामुदायिक कार्यक्रम संयोजक राम बहादुर मल्ल बताउँछन् ।

पाठेघर खस्ने समस्या सानो उमेरमा विवाह गर्ने, सुत्केरी भए लगत्तै काम गर्ने, गर्भवती समयमा उकाली ओराली गर्ने, भारी बोक्ने तथा धेरै बच्चा जन्माउँदा देखिने तर अशिक्षा, लाज मान्ने प्रवृत्ति लगायतका कारणले जिल्लाका ग्रामीण क्षेत्रका महिलामा पाठेघरको समस्या उपचार हुन नसकेको परिवार नियोजन सुपरभाईजर दुर्गा बजगाई बताउँछिन् । उनी भन्छिन्, ‘रोग छ तर, रोग लुकाउँदा समस्या झन् भयावह बनेको छ, जसका कारण महिला वर्षौदेखी पीडित भइरहेका छन् ।’

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com