निर्वाचनमा आर्थिक अनुशासन कायम गर्न आयुक्तको आग्रह


प्रकाशित मिति : चैत्र ३१, २०७३ बिहीबार

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आर्थिक अनुशासनको परिधिभित्र रहेर निर्वाचनका कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभएको छ ।

धनुषा र महोत्तरी जिल्लामा स्थानीय तहको निर्वाचनका लागि खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई बुधबार यहाँ सम्बोधन गर्दै उहाँ निर्वाचन प्रयोजनका लागि आवश्यक जनशक्ति परिचालन गर्दा जिल्लाभित्रका कर्मचारीलाई प्राथमिकता दिन पनि सुझाव दिनुभयो ।

निर्वाचनको सुुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी सुरक्षा निकायको समन्वयमा कर्मचारीको सुरक्षा प्रबन्ध गरिएको जानकारी पनि उहाँले दिनुभयो । तराईका जिल्लाका मतदान केन्द्रमा महिलाका लागि छुट्टै मतदान केन्द्र सञ्चालन गर्न पनि उहाँले निर्देशन दिनुभयो ।

धनुषा र महोत्तरी जिल्लामा खटिने ३२ जना निर्वाचन अधिकृतलाई निर्वाचन सञ्चालन र व्यवस्थापनबारे जानकारी दिन निर्वाचन आयोगले दुई दिने प्रशिक्षण कार्यक्रम बुधबार हेटौँडामा सुरु गरेको हो ।
मुख्य निर्वाचन अधिकृतले जिल्लामा आगामी वैशाख ३ गते र निर्वाचन अधिकृतले सम्बन्धित गाउँपालिकामा वैशाख १२ गते कार्यालय स्थापना गरी निर्वाचन प्रक्रिया सुरु गर्ने भएका छन् । रासस

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com