डिसेम्बरसम्म कामदार भिसा र ग्रिनकार्डमा अमेरिका आउन रोक, यो बर्षको डिभीको औचित्य समाप्त


प्रकाशित मिति : असार ८, २०७७ सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज सोमबार कार्यकारी आदेश जारी गर्दै विभिन्न श्रेणीका विदेशी कामदार भिसामा रोक लगाएका छन् भने आप्रवासी भिसालाई संकुचित बनाउने विभिन्न खाले नियमहरु लगाएका छन् । आगामी डिसेम्बरसम्मका लागि राष्ट्रपति ट्रम्पले यस्ता प्रतिबन्ध लगाएका हुन् ।

गत अप्रिलमा रोजगार र परिवारमा आधारित ग्रिनकार्डमा ट्रम्पले घोषणा गरेको प्रतिबन्ध पनि अब सन् २०२० को अन्त्यसम्मका लागि लम्बाइएको छ । अब ग्रिनकार्डवाहकले परिवारमा आधारित ग्रिनकार्डमा डिसेम्बरको अन्त्यसम्म परिवारका सदस्यहरुलाई अमेरिका ल्याउन पाउनेछैनन् भने रोजगारमा आधारित ग्रिनकार्डमा समेत अमेरिका आउन पाइनेछैन । सन् २०२० को डिभी लोटरीमा समेत अब कोही अमेरिका आउन पाउनेछैनन् ।

अमेरिकी नागरिकले आफ्ना दम्पत्ति र २१ बर्ष नपुगेका छोराछोरीहरुलाई अमेरिका ल्याउन भने कुनै रोक लाग्नेछैन । उनीहरुले भने आप्रवासी भिसा प्राप्त गर्न सक्नेछन् ।

विभिन्न कम्पनीहरुले प्रयोग गर्ने कामदार भिसामा ट्रम्पले रोक लगाएका छन् । विशेषत प्रविधि, ल्याण्डस्केपी सेवाहरु र बन पैदावार उद्योगमा यस्तो रोक लगाइएको हो । कृषि कामदारहरु र केही स्वास्थ्य कामदारहरुलाई भने छुट दिइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आजको कार्यकारी आदेशले ५ लाख २५ हजारभन्दा धेरै कामका लागि आउने विदेशी कामदारमाथि रोक लगाएको छ । एचवान बी, एच फोर र एल भिसाका साथमा जे र एचटुबी भिसामा समेत रोक लगाइएको छ ।

ट्रम्प प्रशासनले एसाइलम आवेदन पेन्डिंग रहेको एकबर्षको अवधिमा वर्क परमिट नदिने नीति समेत घोषणा गर्न लागेको छ । वर्क परमिटका पाउनका लागिमात्र एसायलमका लागि योग्य नहुनेले समेत आवेदन दिएर उक्त मानवीय कार्यक्रमको दुरुपयोग गरेको भन्दै नयाँ नीति घोषणा गर्न लागिएको हो ।

ट्रम्पको यो पज अमेरिकामा पहिले नै रहेर काम गरिरहेकाहरु र अमेरिकी नागरिक हुन चाहेका ग्रिनकार्डवाहकका हकमा भने लागु नहुने जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com