मोर्चाको निर्णय निहुँ खोज्ने प्रवृत्ति : खनाल


प्रकाशित मिति : चैत्र ३०, २०७३ बुधबार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले सरकारले ल्याएको संशोधन विद्येयक अस्विकार गर्ने मोर्चाको निर्णयलाई निहुँ खोज्ने प्रवृत्तिको संज्ञा दिए ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा खनालले भने,‘सहमति गरेर नै चुनावमा सबैलाई सहभागी गराउने उद्देश्यले यो विकल्प खोजिएको थियो, अहिले नै सरकारको तर्फबाट प्रतिक्रिया दिन हतार होला, हामी बैठक बसेर एउटा निर्णयमा पुग्छौं ।’

क्लबमा आयोजित साक्षात्कारमा बोल्दै उनले मोर्चाको निर्णयलाई स्वयम् मोर्चालाईपनि ठीक ठाउँमा नपुर्याउने आरोप लगाए ।

मोर्चाले जे निर्णय गरेपनि घोषित मितिमै स्थानीय तहको निर्वाचन हुने खनालको दाबी थियो । उनले भने,‘तोकिएकै मितिमा चुनाव हुन्छ, मधेशमा पनि चुनाव हुन्छ ।’ उनले अझैपनि ठाउँ छ भने मोर्चाले आफ्नो निर्णयलाई पूर्नविचार गर्नुपर्ने स्पष्ट पारे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

खनालले सरकारले ल्याएको नयाँ संशोधन विद्येयकलाई स्विकार गरेर चुनावमा गएको भए मधेशी मोर्चालाई दहा«े राजनीतिक म्याण्डेट हुनेथियो भन्दै त्यो अवसर मोर्चाले गुमाएको टिप्पणी गरे । यद्धपी उनले मोर्चा आफ्नो जनमत देखेर डराएर चुनावमा जान नमानेको समेत आरोप लगाए ।

उनले प्रस्तावमा सहमत भए दुई चरणमा पनि चुनाव गर्न सकिनेबारे सरकारले छलफल अघि बढाईरहेको समेत जानकारी दिए । उनले नयाँ संशोधन विद्येयक मोर्चाका नेताहरुसँग छलफल गरेर नै ल्याएको दाबी गरे ।

उनले भने,‘प्रधानमन्त्रीसँगको छलफलमा राजेन्द्र महतोजी हुनुहुन्थ्यो।’ उनले प्रधानमन्त्रीले प्रस्ताव ल्याउनुअघि मोर्चाका शीर्ष नेताहरुसँग पटक/पटक छलफल गरेको समेत स्पष्ट पारे । खनालले प्रधानमन्त्रीले नयाँ विद्येयक एकतर्फी रुपमा अघि नबढाएको दाबी गरे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com