राजतन्त्रले गुमायो र गणतन्त्रले जिम्मेवारी लियाे : प्रचण्ड


प्रकाशित मिति : जेष्ठ ३१, २०७७ शनिबार

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रको पालामा देशले गुमाएको भूमि गणतन्त्रमा फिर्ता ल्याउने अवसर प्राप्त भएको बताउनुभएको छ । प्रतिनिधिसभामा संविधान संशोधन दोश्रो विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै उहाँले देशले राजतन्त्रको बेला गुमाएको भूमि अहिले गणतन्त्रको बेला फिर्ता लिने अवसर आएको बताउनुभयो ।

देशको राष्ट्रिय स्वार्थका विषयमा सधैँ मतैक्यता रहने गरेको भन्दै उहाँले यो सामूहिक विवेकको कुरा भएको र यसको लागि सरकार, सत्तारुढ र विपक्षी दलहरु तथा आम नागरिकलगायत सबै धन्यवादका पात्र रहेको उहाँको भनाइ छ । राष्ट्रिय स्वाधिनताको सुदृढीकरण र भौगोलिक अखण्डताको रक्षाका लागि नेपालले सधैँ एकता प्रदर्शन गर्ने गरेको उहाँले स्मरण गर्नुभयो ।

प्रचण्डले सीमा विवादसहित दुई देशबिचको असमान सन्धिहरुबारे पनि नेपाल र भारतले बसेर टुङ्ग्याउनुपर्ने र वार्तामार्फत सहमतिमा पुग्नुपर्ने बताउनुभयो । कालापानी, सुस्ता, लिम्पियाधुरा र लिपुलेक विवादित क्षेत्र हुन् र यी विषय वार्तामार्फत समाधान गरौँ भन्नेमा नेपाल र भारत दुवैले स्वीकार गरिसकेकाले वार्तामार्फत नै समाधान निकाल्नुपर्ने प्रचण्डको भनाइ छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com