बेलायतमा रहेका नेपालीले गरे सात एम्बुलेन्स सहयोग


प्रकाशित मिति : चैत्र २७, २०७३ आईतबार

खोटाङ सेवा समाज बेलायत युकेले जिल्लाका लागि सात वटा एम्बुलेन्स र एक अल्ट्रासाउन्ड मेसिन उपलब्ध गराएको छ ।

समाजले दुई वर्षसम्म अभियान सञ्चालन गरेर जम्मा गरेको रकमले खरिद गरेको एम्बुलेन्स र अल्ट्रासाउन्ड मेसिन शनिबार दिक्तेलमा एक कार्यक्रम गरी उपलब्ध गराएको हो ।

जिल्लाका दुई प्राथमिक स्वास्थ्य केन्द्र र पाँच स्वास्थ्यचौकीलाई रु एक करोड १२ लाख ३१ हजारको एम्बुलेन्स प्रदान गरेको एम्बुलेन्स परियोजनाका सचिव टङ्क थापाले जानकारी दिनुभयो ।

समाजले जन्तेढुङ्गा गाउँपालिकामा पर्ने प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी, ऐसेलुखर्क गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्क, दिप्रुङ गाउँपालिकामा पर्ने डाँडागाउँ स्वास्थ्य चौकी, केपिलासगढी गाउँपालिकाको बाक्सिला स्वास्थ्यचौकी, रुपाकोट मझुवागढी नगरपालिकाको बुइपा स्वास्थ्यचौकी, रुपाकोट मझुवागढी नगरपालिकाकै निर्मलीडाँडा स्वास्थ्यचौकी र दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिकाको सिम्पानी स्वास्थ्य चौकीलाई उपलब्ध गराएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अस्पताल नै नपुगी जिल्लावासीले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्य गर्नका लागि प्रतिगोटा रु ३२ लाख मूल्य पर्ने एम्बुलेन्स जुटाएर स्वास्थ्य संस्थालाई प्रदान गरिएको खोटाङ सेवा समाज युकेका अध्यक्ष अशोककुमार राईले बताउनुभयो । “रोजगारीको सिलसिलामा अहिले युकेमा बसे पनि हामी खोटाङ्गे हौँ ।” उहाँले भन्नुभयो, “खोटाङ्गेको समस्यालाई समाधान गर्न हाम्रो पनि उत्तिकै गहन जिम्मेवारी हुने भएकाले सहयोग गरेका हौँ ।”

समाजले एम्बुलेन्ससँगै जिल्ला अस्पताल दिक्तेललाई रु १४ लाख बराबरको एक थान अल्ट्रासाउन्ड इसिजी मेसिनलगायतका उपकरण प्रदान गरेको छ । बेलायत, अमेरिका, ब्रुनाई, जर्मनी, मलेसिया, सिङ्गापुर, नेपाललगायतका ठाउँमा बसोबास गर्ने चारसय ४५ खोटाङ्गेबाट प्राप्त स्वेच्छिक सहयोग रकमले खरिद गरेर एम्बुलेन्स तथा अस्पतालका लागि उपकरण प्रदान गरिएको समाजले जनाएको छ ।

एम्बुलेन्सको प्रतिवटा मूल्य रु ३२ लाख पर्ने भए पनि सरकारबाट प्राप्त भन्सार छुटका कारण प्रतिवटा रु १२ लाखमै भित्र्याइएको जनाइएको छ । समाजको सहयोगले खोटाङवासीले अब सुविधा सम्पन्न एम्बुलेन्स तथा सदरमुकाम दिक्तेलस्थित जिल्ला अस्पतालमै अल्ट्रासाउन्ड सेवा पाउने भएका छन् ।

विकट पहाडी भूगोल रहेको जिल्लामा राम्रो स्वास्थ्य सुविधा नहुँदा सामान्य रोगका लागि पनि राजधानीलगायत अन्य स्थानमा पु¥याउनुपर्ने बाध्यता छ । यसअघि जिल्लामा एम्बुलेन्स नहुँदा अधिकांश बिरामीलाई रु डेढ लाखसम्म खर्चेर हेलिकप्टरमार्फत राजधानी काठमाडौँलगायतका सहर पु¥याउनुपर्ने बाध्यता थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com