मोर्चाको मागलाई सम्बोधन गर्न दुई चरणमा निर्वाचन गर्नुपर्छःदेउवा


प्रकाशित मिति : चैत्र २७, २०७३ आईतबार

नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले असन्तुष्ट मधेशवादी दलहरुका मागलाई संबोधन गर्न स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न सकिने बताउनुभएको छ ।
नेपाली काग्रेस स्थानीय तहको चुनावी आमसभालाई संबोधनको गर्नका निम्ती धनगढी पुग्नुभएका भएका सभापती देउवाले असन्तुष्ट दलहरुलाई सहभागी गराउनका लागि निर्वाचन दुई चरणमा गर्न सकिने बताउनु भएको हो ।
पे्रस युनियनन धनगढीले आयोजना गरेको पत्रकार सम्ममेलमा देउवाले निर्वाचन हुन नदिनका लागि सत्ता पक्ष भन्दा एमाले नै बढि अग्रसर भएको आरोप लगाउनुभयो । आइतबार धनगढीको अत्तरियामा हुन लागेको स्थानीय निकायको चुवावको प्रसारप्रसारका लागि सभापती देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौला, रमेश लेखक, डा.शंशाक कोइरालालगायत शिर्ष नेताहरु धनगढी पुग्नुभएको हो । यस्तै धनगढी कांगेसले आईतवार एघार बजे धनढगढीको अत्तरियामा हुने आमसभाको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ । कांग्रशले पहिलेपटक धनगढीबाट चुनावी प्रसार अधियान सुरु गर्दै छ ।
यसैबीच नेकपा एमालका अध्यक्ष केपी ओलीले एकै चरणमा स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ ।
स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड प्रस्थान गर्नुअघि शनिबार त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष ओलीले बैशाख ३१ गते एकै चरणमा निर्वाचन हुने स्पष्ट पार्नु भएको हो ।
सिङ्गो देश नै पनिर्वाचनमय भइसकेको अवस्थामा विभिन्न चरणमा निर्वाचन गर्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको अध्यक्ष ओलीको भनाइ छ ।
एकै चरणमा निर्वाचन सम्पन्न नभए निर्वाचन सफल नहुने दावी गर्दै अध्यक्ष ओलीले एकै चरणमा निर्वाचन हुने बताउनु भएको हो । अध्यक्ष ओलीले थाइल्याण्डको राजधानी बैंककमा रहेको समितिभेज अस्पतालमा स्वास्थ्य परीक्षण गराउनु हुने उहाको नीजी सचिवालयले जनाएको छ । मृगौला प्रत्यारोपण गराउनु भएका ओलीेले यसअघि थाइल्याण्डको बैंककमा रहेको सोही अस्पतालमा नै स्वास्थ्य परीक्षण गराउनु भएको थियो

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com