सन्दर्भ विश्व मानवता दिवश : मानवीयता, मित्रता र सद्भावनाको फूल रोपौ


प्रकाशित मिति : भाद्र ३, २०७३ शुक्रबार

– गीता खत्री

विश्व मानवता दिवस हरेक बर्ष अगष्ट १९ तारिखका दिन मनाइन्छ । अगष्ट १९ कै दिन सन् २००३ मा आतकंबादीहरुले इराकस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा बमबाट आक्रमणगरि मानवीय कार्यहरुमा सहयोग गरिरहेका बाइस सं.रा.संका कर्मचारीलाई मृत्युको घाट उतारेका थिए । त्यसै दिनबाट विश्वभरि मानवीय सहयोग कार्यहरुमा प्रेरणा मिलोस भनेर नै संयुक्त राष्ट्र संघले विश्व मानवता दिवस मनाउन शुरु गरेको हो । त्यसैको दिनबाट संसारभरका मान्छेहरुले कुनै न कुनै मानवीय सहयोगी क्षेत्रमा सक्रिय रुपमा लागेर मानवजातिको हित तथा उपकारी कार्यमा संलग्न हुन सकुन र अरुलाई प्रेरणा दिन सफलता मिलोस भन्ने आशा गरिन्छ ।

विश्व मानवता दिवस मान्छेहरुबीच मानवीय भावना तथा मानवजाति प्रतिको प्रेम जगाउन सुरु गरिएको जनभावना थियो । आज अफ्रिकी मुलुकहरुमा एक करोडभन्दा बढी मान्छेहरु भोकमरिबाट पिडित छन् । यस्तै मानवीय कार्यमा सहयोग गर्न नभ्याएका वा सहयोगको लागि उत्साहित व्यक्तिहरुलाई यही विश्व मानवता दिवसकै अवसर पारेर सहयोगको सुरुवात गर्नको लागि प्रेरणा दिन्छ । आज अफ्रिककी महादेश मात्र नभएर विश्वको अन्य धेरै ठाउँहरुमा आपसी जातीय व्दव्द तथा राजनैतिक थिचोमिचोले लाखौंलाख मान्छेहरु आप्mनो जन्मथलोबाट विस्तावित भएका छन् । तिनीहरु विस्थापित मात्र भएनन् घरवार बिहिनसमेत भएर एक छाक खाना खान पनि नपाउने अवस्थामा पुगी सकेका छन् । प्रत्यक्ष उदाहरणका लागि भुटानी शरणर्थीदेखि लिएर, सिरिया, इराक, बोस्नीया हर्जगोभीना, अल्बानीया ठाउँका शरणार्थीहरुको हालत यस्तै छ । यस्तो अवस्थामा उनिहरुलाई कम्तिमा पनि मानवीय सहयोगको खांँचो छ ।

मानवता नै यस्तो शक्ति हो जसले हरेक मानव जातिको सहयोग र रक्षा गर्दछ । ईश्वरले हामीलाई बाँच्नको लागि सबै कुराहरु पर्याप्त मात्रामा दिनु भएको छ । प्रकृतिले मान्छेलाई जीवन निर्वाहका निमित्त आवश्यक पर्ने सामानहरु दिन कमी गरेको छैन । हामीले यसको उचित प्रयोग गर्न जान्नु पर्दछ र सिक्नु पर्छ । हामीले हाम्रो सोच बदल्नु आवश्यक छ । मै खाउँ मै लाउँ… प्रबृतिलाई घटाउन सक्नु पर्छ । प्रकृतिको उपहारलाई जोगाउदै हामीले म नभनी हामी भनेर बाँच्न सिक्नु पर्छ । संयुक्त राष्ट्र सघंले घोषणा गरेको कुरालाई हामी सबैले मननगरि मानवताको नाताले एक आपसमा सहयोगगरि यो संसारलाई जोगाउने काम गर्नु पर्दछ । खै मलाई अचेल मान्छेमा सत्यता, मानवता तथा इमान्दारिता हराउँदै गइरहेका आभास भईरहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २००१ को सेप्टेम्बर ११ का दिन न्यूयोर्कका टुइन टावरमा दुइटा हवाइजहाजले पालैपालो जोतर हवाइजहाजमा यात्रा गरिरहेका यात्रु लगायत जीविकोपार्जजका लागि भवनभित्र प्रवेश गरिसकेका करिब तीनहजार कर्मचारीहरुको एउटै चिहान बनाइ दिए । त्यसतो कार्य गर्न उत्साहित हुने धर्मभिरुहरु मान्छे नै हुन त ? कसरी पत्याउने ? मान्छेभित्र त्यसतो निर्दयी दानवीय शक्ति लुकेको हुन्छ । खोइ मानवीयता ?

त्यस्तै फ्रान्समा केही दिन अगाडि फ्रान्सको दक्षिणमा रहेको अति सुन्दर सहर नीसमा फ्रान्सको स्वतन्त्रता (बास्तील डे) दिवस मनाइरहेको भीडमा मानसिक सन्तुलन विग्रिएको मुस्लिम ट्रक चालकले केटाकेटी, बुढाबुढी तथा स्वाभिमानी फ्रेन्च नागरिकहरु तथा उत्सबमा भाग लिन आउने निर्दोष मान्छेहरुमाथि बीस टनको ट्रक करिब एक माइल जति कुदायो । पाँच मिनेट अगाडि रमणीयताले भरिएको सडक र खुसीले रमाइरहेका मान्छेहरु पांच मिनेटपछि सडक लासैलास र रगतैरगतले भरिन पुग्यो भने बाचेका मान्छेहरु जीवन र मृत्युबीचमा कोलाहल गर्दै भाग दौडमा लागेको दृष्य कस्तो थियो होला । कल्पना गर्दा मात्रै पनि जिउ चिसिएर आउँछ । त्यो मुस्लिम ट्रक चालकमा मानवीयता र मित्र भावको बीउ पनि रहेनछ । कसरी त्यसतो आसुरी प्रबृत्तिले ३१ बसन्त पार गर्न सक्यो होला त्यो दानब रुपी मान्छे । गत बर्ष नोभेम्बर १३, २०१५ का दिन पनि पेरिसमा कन्सर्ट हेरेर रमाइरहेका व्यक्तिहरुमा अन्धाधुन्द गोलि चलाएर करिब ९० जना जतिलाई मारिएको थियो । फ्रान्सले यस्तो नियती भोग्दै आइरहेको छ ।

संसारको सृष्टीमा यस्तै क्रम बढने हो भने चाँडै नै पृथ्बीमा प्रलयको अवस्था नआउला भन्न सकिन्न । सम्झदा पनि मन विचलित हुन्छ । जीवन जीउँदै जानु हाम्रो कर्तव्य हो ।  यस किसिमको आभास अरुले पनि गरेको हुनुपर्छ भन्ने मलाई विश्वास लागेको छ ।

प्राणीहरुमा सर्बश्रेष्ठ मानव जाति हो । त्यसैले हामी सबै मिलेर मानवता तथा सद्भावनाका बीउ रोपेर केही दिनमै आउन लागेको बिश्वमानवता दिवस भव्यरुपमा मनाऔ । मान्छे भएर जन्मीए पछि मानवीयताको कर्तव्य पुरा गरौं । यस संसारलाई सुखमय र सुन्दरमय बनाऔ । आपैmबाट मानवीयता, मित्रता र सद्भावनाको पूmल रोपौ र यसलाई फलाउने र फुलाउने प्रयास गरौं ।

☼☼☼

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com