भिसामा स्वास्थ्यविमाको नियम कार्यान्वयन नगर्न नाइन्थ सर्किट कोर्टको आदेश


प्रकाशित मिति : बैशाख २४, २०७७ बुधबार

ट्रम्प प्रशासनले लागु गर्न लागेको भिसामा स्वास्थ्यविमा सम्बन्धि नियम कार्यान्वयनमा नाइन्थ सर्किट कोर्टले रोक लगाएको छ । अदालतको आदेशपछि तत्कालका लागि यो नियम लागु नहुने भएको छ । तर सर्किट कोर्टको आदेशबिरुद्ध ट्रम्प प्रशासन सर्बोच्च अदालतमा जाने सम्भावना रहेको छ ।

यसअगाडि गत नोभेम्बरमा यो नियम कार्यान्वयनको तयारीमा रहेको थियो । तर ओरेगनको डिस्ट्रिक्ट कोर्टले यो नियम कार्यान्वयनमा अस्थायी रोक लगाएपछि नियम कार्यान्वयन हुन सकेको थिएन । डिस्ट्रिक्ट कोर्टकै आदेशलाई नाइन्थ सर्किट कोर्टले पनि सदर गरेको हो ।

तत्कालका लागि ट्रम्प प्रशासनको नियम कार्यान्वयन नहुने भएपनि ट्रम्पले ६० दिनका लागि आप्रवासनमा रोक लगाइसकेकाले यसको प्रत्यक्ष प्रभाव भने तत्कालका लागि नहुने भएको छ । ट्रम्प प्रशासनले कोरोनाको कारण देखाउँदै तत्कालका लागि आप्रवासी भिसा जारी गर्नमा रोक लगाएको छ ।

अमेरिकी सरकारले अमेरिकी स्वास्थ्य प्रणालीमा भार हुनसक्ने सम्भावना भएकाहरुको आप्रवासी भिसा अस्वीकृत गर्ने नियम लागु गर्ने तयारी गरेको थियो । यो नियम अनुशार अमेरिकाको सशुल्क स्वास्थ्य विमा भएको वा लिनेकुरा प्रमाणित गर्न नसक्नेहरुको भिसा अमेरिकी दूतावासले अस्वीकार गर्नसक्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नयाँ नियम लागु भएमा अमेरिकी स्वास्थ्यप्रणालीमा भार हुनसक्ने भन्दै बार्षिक ३ लाख ७५ हजार भन्दा धेरैको ग्रिनकार्ड अस्वीकार गर्न सक्ने अनुमान गरिएको छ । नयाँ नियम लागु भएमा अमेरिकाको आप्रवासी भिसा अर्थात् ग्रिनकार्डका लागि स्पोन्सर गर्ने स्पोन्सरकर्तामाथि थप जिम्मेबारी र भार थपिन्छ । नयाँ नियम अनुशार अमेरिकाको आप्रवासी भिसाका लागि आवेदन दिएको व्यक्तिले अमेरिकाको स्वास्थ्यप्रणालीमा आफू भार नहुने कुरा प्रमाणित गर्न नसके त्यस्ता व्यक्तिको भिसा अस्वीकृत हुनसक्छ ।

अमेरिकाको स्वास्थ्य प्रणालीमा भार हुनसक्ने व्यक्तिलाई अमेरिका प्रवेशमा रोक लगाउने सक्ने घोषणामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अक्टोबरको पहिलो साता हस्ताक्षर गरेका थिए । यो नयाँ नियम अमेरिकाबाहिरबाट अमेरिकाको आप्रवासी भिसा आवेदन दिनेहरुका हकमा मात्र लागु हुने उल्लेख गरिएको थियो ।

पहिले नै अमेरिकामा रहेकाहरु, अमेरिकी ग्रिनकार्डबाहकहरु, एसाइलम आवेदकहरु, शरणार्थीहरु र बालबालिकाहरुका सन्दर्भमा भने नयाँ नियम लागु नहुने जनाइएको थियो । तर डिभी लोटरी, परिवारमा आधारित र रोजगारमा आधारित ग्रिनकार्ड प्राप्त गर्नेगरी आप्रवासी भिसामा अमेरिका आउनेहरुका सन्दर्भमा भने यो नियम लागु हुने उल्लेख थियो ।

अमेरिकाको आप्रवासी भिसाका लागि आवेदन दिनेहरुले अमेरिका प्रवेश गरेको ३० दिनभित्र मान्यताप्राप्त स्वास्थ्यविमा लिने कुरा प्रमाणित गर्न सक्नुपर्ने नियममा उल्लेख छ । आवश्यक इन्सुरेन्स व्यक्तिगत रुपमा किन्न सकिने र रोजगारदाताले प्रदान गर्ने इन्सुरेन्सलाई पनि मान्यता दिइने नियममा उल्लेख छ । तर सरकारी सुविधाप्रदान गरिएको स्वास्थ्यविमालाई भने मान्यता दिइनेछैन ।

१ बर्षको अल्पकालिन स्वास्थ्य विमा, पारिवारिक सदस्यको स्वास्थ्य विमा, एकबर्षको भिजिटर स्वास्थ्य विमा योजनालाई पनि मान्यता दिइने नियममा उल्लेख छ ।

परिवारमा आधारित भिषा प्रकृयामा व्यक्तिको अनिवार्य बिमा हुनुपर्ने प्रावधान कार्यान्वयनमा अदालतले रोक लगाएको छ । राष्ट्रपति ट्रम्प प्रशासनले परिवारमा आधारित भिषा जारी गर्दा अनिवार्य बिमा हुनुपर्ने प्रावधान कायम गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com