नयाँ शक्तिको प्रतिवद्धता


प्रकाशित मिति : चैत्र २३, २०७३ बुधबार

नयाँ शक्ति पार्टी नेपालले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी विभिन्न कार्यक्रहरू अगाडि सारेका छ । नयाँ शक्तिले निर्वाचनलाई पार्टी विस्तारको आधार मानेको छ ।यसले तीनै तहका निर्वाचनसँगैदेशका सम्पूर्ण नगर/गाउँपालिका र टोल–टोलसम्म पार्टी निर्माण गर्ने भएको छ ।बैकल्पिक रानजैतिको रूपमा परिचित नयाँ शक्तिले ५ ‘स’ को सिद्धान्तलाई पनि यही अभियानका क्रममा जनतामाझ पु-याउँदै छ ।

सन् २०५० सम्ममा देशलाई बिश्वका समृद्ध बनाउने

नयाँ शक्तिले आफ्नो चुनावी घोषणा–पत्रमा नेपालको विकास र समृद्धिका लागि समय तोकेर काम गर्ने भएको छ । नयाँ शक्तिले सन् २०२२ सम्ममा गरीबीको अन्त्य र वेरोजगारी न्यूनीकरण, २०३० सम्म जनताको जीवनस्तरलाई मध्यम, २०४० मा उच्चविकासको तहमा र२०५० सम्ममा देशलाई विश्वका समृद्ध मुलुकहरूको सूचीमा पु-याउने प्रतिबद्धता सार्वजनीकगरेको छ ।
यस्तो छ नयाँ शक्तिको देश बनाउने भिजन

नयाँ शक्तिले नेपालको समृद्धिको गतिलो खाका पनि प्रस्तुत गरेको छ । यसले आगामी पाँच वर्षमा भूमिसुधार र आवास अधिकारको सुनिश्चिततासहित सबैभन्दा गरीब ५० लाख किसान र सुकुम्बासी परिवारलाई गरीबीको रेखाबाट माथि उठाउने लक्ष्य बनाएको छ । थप ३० लाख वेरोजगारयुवाहरूलाई वार्षिक न्युनतम ‘सय दिन’ रोजगारी सृजना गर्ने आकर्षक योजना पनिप्रस्तुत गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नयाँ शक्तिले आगामी पाँच वर्षमा प्रत्येक गाउँपालिकामा पक्की सडक सञ्जाल निर्माण गर्ने, मेचीकाली राजमार्गलाई बढाएर ६ लेनको बनाउने, तराई मधेसको हुलाकी राजमार्गलाई चार लेनको पक्कि लोकमार्गको स्वरूप दिने र मध्यपहाडी लोकमार्गलाई पाँच बर्षभित्र कालोपत्र गरिसक्ने प्रतिपद्धता गरेको छ ।

नयाँ शक्तिले एक दिनमा मेची–काली यात्रा गर्न १० बर्षमा पूर्व–पश्चिम रेल सेवा सुचारु गरिसक्ने लक्ष्य लिएको छ । उत्तर–दक्षिण नाकाहरू खुल्ला गरी चीनको मुख्य शहर र तिब्बतसँगको व्यापार सहज बनाउने विषयलाई पनि प्रमुख एजेण्डा बनाएको छ ।त्यसैगरीे उत्तर–दक्षिण जोड्ने आधुनिक सडक सञ्जाल ५ वर्षभित्र पूरा गरिसक्ने, ठूला जलासययुक्त विद्युत परियोजनाहरूमार्फत् लोडसेडिङको पूर्ण अन्त्य र विद्युत आयातको समाप्ति गर्ने खाका पनि प्रस्तुत गरेको छ ।
हरेक प्रदेशमा अन्तराष्ट्रिय स्तरका एक एक विश्वविद्यालय र दुई दुई ठूला अस्पताल, र प्रदेशको विशेषता अनुसार महर्षि जनक मिथिला विश्वविद्यालय, मुस्लिम विश्वविद्यालय लगायतको स्थापना गर्ने, हरेक गाउँपालिकासम्म २५ सैय्याका ग्रामीण अस्पतालहरु ५ बर्षभित्र खोल्ने हाम्रो उद्देश्य राखेको छ ।

हरेक घरमा रोजगारी, शान्ति र समृद्धि पु-याउनेनयाँ शक्तिको अर्को लोकप्रिय नारा हो ।यसका लागि सात प्रदेशमा सातवटा सुविधासम्पन्न औद्योगिक क्षेत्रको विकास, प्रत्येक नगर/गाउँपालिकाका वडामा साना तथा मझौला उद्योगलाई प्रवद्र्र्ध,औद्योगिक र लगानी सुरक्षा, सहुलियतपूर्ण कर्जा, वैदेशिक लगानीलाई आमन्त्रण, कम्पनि दर्ता प्रक्रियामा आधुनिकीकरण, राष्ट्रिय पुँजीको विकासका लागि वैज्ञानिक कर नीति, मजदुरहरुको सेवा सुविधाको सुनिश्चितता जस्ता नीतिहरूरहने पनि नयाँ शक्ति पार्टीले जानकारी गराएको छ ।

बिशेषतः जुट, चिनी, चिया, बिउँ, कफी, मल, चामल, दाल, पिठो, आटा, कपडा, जुत्ता, साबुन, फर्निचर, औषधी लगायतका आधारभूत घरायसी सामानहरूको उत्पादनमा कार्य सुचारु गरी पाँच बर्षभित्र देशलाई आत्मनिर्भर बनाउने अर्को प्रतिवद्धताछ ।

भ्रष्टाचारमा शून्य सहनशीलताः

नयाँ शक्तिले चुनावी एजेण्डामा भ्रष्टाचारलाई प्रमूखताका साथ उठाउने भएको छ । सुशासनमा कसैसँग सम्झौता नगर्ने र भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने पनि नयाँ शक्तिको प्रतिवद्धता–पत्रमा उल्लेख छ ।यसका लागि शक्तिशाली लोकपालको गठन गरिने र जनस्तरबाट पनि निगरानी राख्ने संयन्त्रको निर्माण गर्ने र पुरानो कर्मचारी प्रशासनको पुनर्संरचना गरी योग्य र क्षमतावान युवालाई काममा लगाउनेनयाँ शक्तिले जजानकारी गराएको छ ।

निजामति प्रशासनमा स्थायी प्रणालीलाई हटाई ‘कन्ट्रयाक्ट वेस’ बनाइने र यसो गर्दा राज्य प्रशासनमा आधुनिक प्रणालीको सुरुवात, क्षमतावान युवाको प्रवेश र गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितता हुनेमा नयाँ शक्तिको विश्वास छ । सबैखाले कमिशनखोरी, ठेक्कापट्टामा हुने भ्रष्टाचार र बजेटको हिनामिनालाई कडाइपूर्वक नियन्त्रण गर्नअपराधीलाई कडा कारवाही गर्ने पनि नयाँ शक्तिले घोषणा गरेको छ ।

नयाँ शक्ति पार्टी, नेपालको निर्वाचनको तयारी सम्बन्धी कार्ययोजना

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com