राष्ट्रसंघको कालो सूचिमा पर्दै सरकार, विदेशी भूमिमा पक्राउ पर्न सक्छन् मन्त्री


प्रकाशित मिति : चैत्र २३, २०७३ बुधबार

दीपक खरेल/ सरकारले यातना र जघन्य अपराधसम्बन्धी गम्भीर घटनाका विषयमा संयुक्त राष्ट्रसंघमा बुझाउनु पर्ने नियमित प्रतिवेदन १२ वर्षसम्म बुझाएको छैन।

पटक—पटक ताकेता गर्दा पनि सरकारले प्रतिवेदन नबुझाएपछि यातनाविरुद्ध अन्तर्राष्ट्रिय महासन्धिको कार्यालयले प्रतिवेदन नुबझाउनुको  कारण सोध्दै सरकारलाई पत्राचार गरेको थियो। सरकारले विभिन्न बाहना देखाएर पन्छिने प्रयास गरेपछि दोस्रो चरणमा ४८ प्रश्नको लेखेर पठाउँदै तिनको जवाफ माग गरेको थियो। १२ वर्ष बित्दा समेत सरकारले न प्रतिवेदन बुझाएको छ न त जवाफ नै दिएको छ।

सो महासन्धिअनुसार अनुसार यातना र जघन्य अपराधका घटनाबारे नेपालले नियमित प्रतिवेदन बुझाउनु पर्ने हुन्छ। १२ वर्षसम्म एउटा पनि प्रतिवेदन बुझाउन नसक्दा राष्ट्रसंघले नेपाल सरकारलाई पीडकको सूचिमा राख्ने खतरा बढेको छ।

मैना सुनवार, पत्रकार डेकेन्द्र थापा र ब्यापारी रामहरि श्रेष्ठसहित धनुषा, रौतहट र कैलाली घटनाका विषयमा सोधेका प्रश्नको जवाफ सरकारले नदिएको हो। संयुक्त राष्ट्र संघको यातनाविरुद्ध अन्तर्राष्ट्रिय महासन्धिमा हस्ताक्षर गरेको नेपाल सो महासन्धिको पक्ष राष्ट्र हो।

प्रतिवेदन नबुझाउँदा अपराधिक घटना फिर्ता लिने सरकारका मन्त्री, सेना र प्रहरीका उच्च अधिकारी तथा अाराेपीहरु महासन्धि पक्ष राष्ट्र भएका विदेशी भूमिमा पक्राउ पर्ने खतरा बढेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सो महासन्धिअनुसार अनुसार यातना र जघन्य अपराधका घटनाबारे नेपालले नियमित प्रतिवेदन बुझाउनु पर्ने हुन्छ। १२ वर्षसम्म एउटा पनि प्रतिवेदन बुझाउन नसक्दा राष्ट्रसंघले नेपाल सरकारलाई ‘कालोसूचि’मा खतरा बढेको छ। प्रतिवेदन नबुझाउँदा अपराधिक घटना फिर्ता लिने सरकारका मन्त्री, सेना र प्रहरीका उच्च अधिकारी तथा अाराेपीहरु महासन्धि पक्ष राष्ट्र भएका विदेशी भूमिमा पक्राउ पर्ने खतरा उच्च हुन्छ।

सरकार विगतमा बिद्रोही र सरकारबीच भएको बृहत् शान्ति सम्झौतामा रहेका प्रावधानको कार्यन्वयनलाई आधार बनाएर उम्कदै आएको थियो। हाल सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोग समेत गठन भएर शान्ति प्रक्रिया लगभग टुंगिँदै गएको स्थिति छ।

मुद्दा फिर्ताको विषयले अड्कियो प्रतिवेदन

गृहमन्त्रालय उच्च स्रोतका अनुसार पछिल्लो समय गृहले राष्ट्रसंघले सोधेका अधिकांस प्रश्नको जवाफ तयार पारेको छ। गृहको प्रतिवेदनलाई मन्त्रिपरिषदले अस्वीकृति गरिदिएको स्रोतको दाबी छ।

‘तराईमा भएका सुरक्षाकर्मी हत्याका घटना, कैलाली घटना हत्याका दोषीबारेको जवाफ मन्त्रिपरिषदले स्वीकृति नदिँदा प्रतिवेदन अलपत्र परेको हो’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले भन्यो, ‘यो बाहेक सरकारले विभिन्न समयमा फिर्ता लिएका जघन्य अपराधका मुद्दामा के बताउने भन्ने विषयले अप्ठ्यारो स्थिति देखिएको छ।’ राजनीतिक घटना भन्दै सरकारले विभिन्न समयमा फिर्ता लिएका ३२९ जघन्य अपराधका मुद्दामा के जवाफ दिने भन्ने विषयले सरकार अप्ठ्यारोमा परेको हो।

यो बाहेक तत्कालीन विद्रोही नेकपा माओवादीका केन्द्रीय नेतादेखि प्रहरी, सशस्त्र र सेनाका उच्च अधिकारीविरुद्धका उजुरी र मुद्दाका विषयमा सोधेका प्रश्नको जवाफ दिनुपर्दा पनि सरकार अप्ठ्यारोमा परेको हो। बर्दियाबाट बेपत्ता पारिएका एकसय ५६ व्यक्तिको अवस्था, धनुषाबाट बेपत्ता ब्यक्तिको अवस्था र तत्कालिन लडाकू शिविरमा हत्या गरिएका रामहरि श्रेष्ठको विषयबारे पनि जवाफ दिन महासन्धि कार्यालयले ताकेता गरिरहेको छ।

प्रतिवेदन बुझाउनु पर्ने जिम्मेवारी गृह मन्त्रालयको हो। गृह प्रवक्ता सहसचिव बालकृष्ण पन्थीले प्रतिवेदनका विषयमा आफूलाई कुनै जानकारी नभएको बताउँछन्। ‘मलाई प्रतिवेदनबारे जानकारी छैन सम्बन्धित शाखामा सोध्नुस्’, नागरिकन्युजसँग उनले भने।

सोधखोजी गर्दै संसदीय समिति

व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिले यातनाविरुद्धको महासन्धि लगायत नेपाल पक्ष राष्ट्र रहेका अन्तर्राष्ट्रिय सन्धि–सम्झौताका विषयमा सोधखोज थालेको छ। समितिले पछिल्लो समय उपसमिति  गठन गरेर सम्बन्धित मन्त्रालयका सचिव र महाशाखा हेर्ने सहसचिवसँग सोधखोज गरेको हो।

‘सरकारले प्रतिवेदन नबुझाउँदा घटनाका आरोपी विदेश भ्रमणमा जाँदा पक्राउ पर्ने सम्भावना हुन्छ। पक्ष राष्ट्रले नै पीडकलाई संरक्षण दिएको उजुरी परे मुद्दा फिर्तामा संलग्न सरकारका मन्त्री नै पक्राउ पर्न सक्छन्।’

समितिका सभापति सुशीलकुमार श्रेष्ठले संक्रमणकालीन अवस्थामा न्याय र मानवअधिकारका विषयमा छलफल र सोधखोज गरेपनि समस्याको चुरो बाहिर आउन नसकेको बताए। उनले भने ‘यो देशेकै प्रतिष्ठाको विषय बन्यो। हामीले उपसमिति नै बनाएर मन्त्रालयका जिम्मेबार अधिकारीसँग सोधखोज गरेका छौं। अब आयोग र मन्त्रीलाई बोलाउने तयारीमा छौं।’

न्याय तथा अधिकार संस्था–नेपाल (जुरी नेपाल) का अध्यक्ष राजु चापागाईं महासन्धिको नेपाल पक्ष राष्ट्र भएकाले त्यसमा उल्लेख भएका प्रावधान नेपालका लागि कानुन सरह हुने बताउँछन्। ‘नियमित प्रतिवेदन नै नबुझाउन गम्भीर लापरवाही हो’, उनले भने, ‘सरकारले प्रतिवेदन नबुझाउँदा घटनाका आरोपी विदेश भ्रमणमा जाँदा पक्राउ पर्ने सम्भावना हुन्छ। पक्ष राष्ट्रले नै पीडकलाई संरक्षण दिएको उजुरी परे मुद्दा फिर्तामा संलग्न सरकारका मन्त्री नै पक्राउ पर्न सक्छन्।’

१२ वर्षदेखि एउटा प्रतिवेदन पछ्याउँदै राष्ट्रसंघ

यातनाविरुद्ध अन्तर्राष्ट्रिय महासन्धिको पक्ष राष्ट्र भएकाले नेपालले चार–चार वर्षमा यातनासम्बन्धी देशमा भएका घटनाको तथ्य र कारणसहित खुलाएर प्रतिवेदन बुझाउनु पर्छ। नेपालले २०६१ पछि कुनै प्रतिवेदन पठाएको छैन।  २०४८ बैशाख १ मा पक्ष राष्ट्र बनेको नेपालले महासन्धी अनुसार बनाउनुपर्ने कानून समेत संसदमै बिचाराधिन छ। नेपालले पक्ष राष्ट्र बनेयता पुस १, २०५० मा प्रारम्भिक प्रतिवेदन र माघ १, २०६१ मा नियमित प्रतिवेदन बुझाएको थियो। महासन्धि कार्यालयले तेस्रो, चौथो र पाँचौ प्रतिवेदनका लागि ताकेता गर्दै आएको हो। नागरिक दैनिक        

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com