एटिएम ठग्ने विदेशी गिरोह सक्रिय


प्रकाशित मिति : चैत्र २२, २०७३ मंगलबार

केपी ढुंगाना /एटिएम कार्डको र ग्राहक प्रयोगकर्ताको गोप्य नम्बर चोरेर पैसा चोर्ने भारतीय गिरोह पक्राउ परेको दुई महिनामै फेरि यस्तै प्रकृतिको अपराधमा संलग्न माल्देभियन समूह फेला परेको छ। प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले माघ ९ मा ठमेल र दरबारमार्ग क्षेत्रका विभिन्न बैंकका एटिएम बुथमा प्रयोग गरेको नक्कली एटिएम कार्डसहित भारतीय नागरिक निरञ्जन मेहता र इत्तेदार खानलाई पक्राउ गरेको थियो।

आइतबार पक्राउ परेकाहरु पर्यटक आवरणमा नेपाल आएर ठमेलको होटलमा बसी चोरी गरेको पिन नम्बर र नक्कली एटिएम कार्ड प्रयोग गरी रकम निकाल्न सक्रिय थिए । पक्राउ परेकाहरु विदेशी बैंकका ग्राहकको चोरिएको पिन नम्बरसहित आएकाले उनीहरु एटिएम फ्रडमा सक्रिय अन्तर्राष्ट्रिय समूहका सदस्य रहेको दाबी प्रहरीको छ ।

ब्युरोका एसएसपी शेरबहादुर बस्नेतका अनुसार निकु देकोरदिजा, भ्यासिल फेतेस्कु, युरे देर्मेन्जी पा र युजेन्यु देओरिजा पाको साथबाट नेपाली रुपैयाँ, अमेरिकी डलर र युरो गरी ११ लाख ९१ हजार रुपैयाँ, एटिएम नम्बर चोरी गरेर खाली कार्डमा सार्न प्रयोग हुने कार्ड स्किमिङ डिभाइस र ल्यापटप बरामद गरिएको छ ।सोमबार सार्वजनिक चार माल्देभियन नागरिकसहित दुई वर्षबीचमा एटिएम ठगीमा पक्राउ पर्ने विदेशी समूहको संख्या आठ पुगेको छ भने समूहमा १५ जना छन् ।

२०७१ देखि प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले चार रोमानियाली, तीन  टर्किस, दुई  बुल्गेरियन, दुई भारतीय र आइतबार चार जना मोल्दोभियन नागरिक पक्राउ गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२०६८ देखि नेपालमा एटिएम ठगीका घटना देखिए पनि दुई वर्षअगाडिदेखि पक्राउकोक्रम बढेको हो । २०७१ देखि विदेशी नागरिकको पक्राउको क्रम बढ्यो । सुरुमा युरोप, अमेरिकालगायतका देशका बैंकका पिन  र एटिएम नम्बर चोरी गरी नेपाल आएर नेपाली बैंकका एटिएम बुथमात्रै प्रयोग हुने गरेको थियो । पछिल्लो समयमा भने अत्याधुनिक उपकरणसहित नेपाल आएर एटिएम बुथमा जडान गरी नेपाली बैंकका ग्राहकको पिन र कार्ड नम्बर चोरी गरेर पैसा निकाल्न सक्रिय गिरोहसमेत फेला परेका छन् ।

किन रोकिएन अन्तर्राष्ट्रिय गिरोह आगमन

ब्युरोका एसएसपी बस्नेत कमजोर कानुन, अध्यागमनको  कमजोर निगरानी, नेपालमा प्रयोगमा रहेका पुरानो प्रविधिका एटिएम मेसिन र सहजै हुने पैसाको सटही र हुन्डीका कारण एटिएम ठगीमा सक्रिय अन्तर्राष्ट्रिय गिरोहको गन्तव्य नेपाल बनिरहेको बताउँछन् ।

एटिएम कार्डको दुरुपयोग बढेपछि म्याग्नेटिक प्रविधि छाडेर कार्डमा चिप्समा आधारित प्रविधि आयो । नेपालमा चल्तीमा रहेका अधिकांश एटिएम मेसिन म्याग्नेटिक प्रविधिकै छन् । कार्डको दुरुपयोग रोक्न हस्ताक्षर, तस्बिरसहित महत्वपूर्ण विवरण रहेको चिप्स राखिए पनि एटिएम मेसिन भने पुरानै प्रविधिको भएकाले एटिएम कार्डको नम्बरकै आधारमा सहजै पैसा निस्कन्छ ।

‘नेपालका अधिकांश एटिएम मेसिन म्याग्नेटिक भएकाले कार्ड नम्बर र पिन नम्बर फेला पारेर सहजै पैसा निकाल्न सकिने भएपछि यस्ता गिरोह नेपाल आउनेक्रम रोकिएको छैन’, ब्युरोका एसएसपी बस्नेतले भने, ‘चिप्स जडान नभएकाले रकम निकाल्न सहज हुँदा विदेशी गिरोहले कमजोर प्रविधि रहेका अन्य देशसँगै नेपाललाई समेत आफ्नो रुटमा पारेको देखियो । उनीहरुलाई रोक्ने हो भने प्रविधि परिवर्तनको विकल्प छैन ।’

कमजोर प्रविधिका कारण अन्तर्राष्ट्रिय आपराधिक समुहका सदस्यको सक्रियता बढेको भन्दै राष्ट्र बैंकले असोज मसान्तभित्र एटिएम मेसिन चिप्समा आधारित बनाउन निर्देशन दिएको छ ।

आधुनिक ठगी भए पनि कानुन भने पुरानै छ । अहिले पनि पक्राउ परेका विदेशी गिरोहका सदस्य अधिकतम दुई वर्ष जेलमा बसेर बिगोअनुसारको जरिबाना तिरेर सहजै जेल मुक्त हुने गरेका छन् ।

नेपाल आउँदा जे जस्ता उपकरणल्या र जति संख्याको कार्ड बोकेर आए पनि अध्यागमनमा चासो नराख्ने र सहजै ल्याउने सकिने भएकाले समेत विदेशी समूहका सदस्य नेपाल आउने गरेको ब्युरोको निष्कर्ष छ।

विदेशी मुद्रा लिन निश्चित मापदण्ड तोकिए पनि मनि चेन्जरहरुबाट केही महँगो दर तिरे जति पनि रकम सटही गर्न सकिने र सहजै हुन्डीमार्फत बाहिर पठाउन सकिने भएकाले समेत ठगिमा सक्रिय विदेशी समूह नेपाल आउने गरेको एसएसपी बस्नेतको निष्कर्ष छ ।

नेपालमा रोमानियाली जालो

एटिएम स्किमिङ मेसिनको निर्माण र नक्कली एटिएम कार्डको प्रयोग गरी पैसा चोर्न रोमानियाली आपराधिक समूह सबैभन्दा बढी सक्रिय देखिएको छ । विभिन्न देशमा सदस्य राखेका सो समूह सबैभन्दा बलियो संगठित  गिरोह हो ।

उनीहरुले कमजोर प्रविधि भएको भियतनाम, थाइल्यान्ड, भारतसँगै नेपाललाई समेत आफ्नो ठगी गन्तव्यको सूचीमा राखेको पक्राउको शृंखलाले देखाउँछ । नागरिक दैनिक

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com