‘झन्डै ज्यान गएको थियो’


प्रकाशित मिति : चैत्र २२, २०७३ मंगलबार

कविलास (चितवन) : नारायणगढ-मुग्लिन सडकखण्डमा सोमबार बिहानैदेखि लामो जाम थियो । अघिल्लो दिनको वर्षाले सडक बिग्रेका कारण सवारीसाधन बिस्तारै गुडेका थिए । सडक विस्तारका कारण १० बजेदेखि अपराह्न ४ बजेसम्म आवागमन बन्द हुन्छ ।

नारायणगढबाट १७ किलोमिटर उत्तर कविलासको घुमाउनेमा करिब १० बजे ढुंगा खसेजस्तो ठूलो आवाज आयो । मान्छेहरू कराउन थाले, ‘पहिरोले गाडी पुर्यो, मान्छे मर्यो ।’ सडक माथिबाट ठूलो चट्टानसहित खसेको पहिरोले ना ४ ख ५४१९ नम्बरको ट्यांकर पुरियो । एकछिनपछि मानिसहरू घटनास्थलतर्फ जान थाले । ट्यांकर र त्यसको छेवैमा एकजना मान्छे पुरिएका थिए । तिनको मृत्यु भइसकेको थियो । अर्कोपट्टि ढुंगाको चेपबाट आवाज आयो, ‘बचाऊ…बचाऊ ।’ सानो प्वालबाट एउटा हात हल्लिएको देखेपछि प्रत्यक्षदर्शी कराउन थाले, ‘ल, यहाँ एकजना जीवितै रहेछन्, जतिसक्दो छिटो निकालौं।’

सल्यान घर भई लमजुङ सुन्दरबस्ती नगरपालिका ३ भोटेओडार बस्ने १५ वर्षीय मन्दिप रानालाई पहिरो खसेको करिब १० मिनेटपछि स्थानीय र यात्रुले सकुशल उद्धार गरे । उनी बुबासँग मोटरसाइकलमा पछाडि बसेका थिए । मोटरसाइकलसँगै उनका बुबा ४० वर्षीय रेशराज राना पहिरोमा पुरिए । उद्धारपछि मन्दिप बुबा खोज्न थाले । प्राथमिक उपचारपछि उनलाई भरतपुर ल्याइएको थियो । मन्दिप आफू बाँचेको विश्वासै गरिरहेका थिएनन् । ‘जाम परेकाले हामी बिस्तारै गुडिरहेका थियौं, एक्कासि पहिरो खस्यो’, मन्दिपले भने, ‘म बाँचें भनेर पत्याउन सकेको छैन ।’

उनी बुवासँग नवलपरासीको बर्दघाट जान लागेका थिए । बसमा जाँदै गरेका आमा दिलमाया, भाइ सञ्जु भनिने भुवनसिंह र दाजुको अवस्थाबारे साँझसम्म उनी बेखबर थिए । उनलाई बुबाका बारेमा कसैले नभने पनि आस मारिसकेका थिए । उनीहरू अर्घाखाँचीस्थित सुपा देउरालीमा पूजा गर्न मंगलबार जाने तयारी गरिरहेका थिए । बर्दघाटमा रहेका ठूलोबुबा र मामालाई भेटेर परिवारसँगै मंगलबार अर्घाखाँची जाने योजना थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘बुबासँग आएको हुनाले मैले अरू सोच्न सकिनँ । बुबा के हुनुभयो होला भन्नेमा ध्यान गयो’, चितवन मेडिकल कलेजमा उपचाररत मन्दिपले भने ।अगाडिको भाग पुरिएको ट्यांकर चालक बन्नु पटेल पनि पहिरोबाट बाँच्न सफल भए । उनीसँगै रहेका सहचालक विनय कोइरीको भने मृत्यु भयो । बन्नु झ्यालबाट बल्लतल्ल निस्केपछि अरूले उद्धार गरेका हुन् । टाउकोमा चोट लागेका उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्नपूर्ण पाेष्ट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com