भारतमै अड्कियो नेपालको रेल


प्रकाशित मिति : बैशाख ८, २०७७ सोमबार

कुर्था–जनकपुर–जयनगर खण्डमा सञ्चालन गर्नेगरी खरिद गरिएको रेल नेपालका लागि गुडे पनि लकडाउनका कारण भारतमै अड्किएको छ। रेल भारतको चेन्नाई स्थित उद्योगबाट गुडेर मध्य प्रदेशको जबलपुरमा आइसकेको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए।

रेल विक्रेता भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन र रेल विभागबीच २०७६ चैत १८ गते पहिलो रेल सेट हस्तान्तरण गर्ने सहमतिअनुसार रेल चेन्नाइस्थित उद्योगबाट गुडेको थियो। उनले भने, ‘लकडाउनका कारण जबलपुरबाट रेल अघि बढ्न सकेको छैन। रेलको यथास्थितिको बारेमा उद्योगका अधिकारीसँग फोनमा सम्पर्क भइरहेको छ। लकडाउन खुलेपछि नेपालका लागि हिडाइनेछ।’

लकडाउन खुले पनि रेल नेपाल भित्रिनका लागि थप १० देखि १५ दिन लाग्नेछ। नेपाल भित्रिने रेलका लागि डेडिकेटेड लाइन उपलब्ध हुने हो भने २ देखि ३ दिन भित्रमा आइपुग्छ। तर, भारतीय रेल गुड्ने समयमा नेपालको रेलले ट्रयाक ओगट्न पाउँदैन। ट्रयाक खाली भएको समयमा गुडाउनु पर्ने भएकाले रेल भित्रिन केही समय लाग्ने देखिएको छ।

रेल नेपाल भित्रिए लगत्तै सञ्चालनमा भने आउने छैन। रेल सञ्चालनका लागि नेपालको तर्फबाट कानुनी, प्राविधिक तथा कर्मचारीको व्यवस्था हुन बाँकी छ। सञ्चालन पूर्व रेल नेपालकै भूभागमा पर्ने जनकपुर वा कुर्थामा राखिने मि श्रले बताए। यी दुई मध्ये सुरक्षाका दृष्टिकोणले उपयुक्त हुने स्थानमा राखिनेछ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा निर्दोष घोरसाइनेले लेखेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com