तीन दलीय सिन्डिकेटविरुद्ध लड्छौं : संयोजक भट्टराई


प्रकाशित मिति : चैत्र २०, २०७३ आईतबार

नयाँ शक्ति पार्टी, नेपालले निर्वाचन आयोगमा विधिवत रुपमा दर्ता भएको नयाँ दललाई दलीय चुनाव चिन्हबाट वञ्चित गर्ने गरी जारी भएको स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधनका लागि दवाव दिन आइतबार काठमाडौंस्थित निर्वाचन आयोगमा धर्ना दिएको छ ।

नयाँ शक्तिसहित दलीय चुनाव चिन्ह नपाएका अन्य दलहरुले संयुक्त रुपमा निर्वाचन आयोगमा धर्ना दिएका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कान्तिपथस्थित निर्वाचन आयोग अगाडिको सडकमा नाराबाजीसहित धर्नामा बसेका नेताकार्यकर्ताहरुले पटकपटक निर्वाचन आयोगसम्म जान दिन सुरक्षाकर्मीहरुलाई आग्रह गरेका थिए । तर, आयोग परिसरभन्दा करिब १०० मिटर टाढादेखि नै प्रहरीले निषेधित क्षेत्र भन्दै आयोग परिसरमा जानबाट रोकेको थियो ।

आन्दोलनकारी र प्रहरीबिच पटकपटक ठेलमठेल हुँदा प्रहरीले सामान्य बल प्रयोग गरेर नेताहरुलाई गिरफ्तार गरेको छ । प्रहरीले नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई, सांसद् गंगा चौधरी, हिसिला यमी, परशुराम तामाङ, रामकुमार शर्मा, सीपी गजुरेललगायत ५०/६० जना नेताकार्यकर्ताहरुलाई गरिफ्तार गरेको छ ।

गिरफ्तारलगत्तै पत्रकारहरुलाई संक्षिप्त संक्षिप्त सम्बोधन गर्दै नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले भन्नुभयो –‘लोकतान्त्रिक मूल्य मान्यताविपरित संविधान मिचियो, दलीय चुनाव चिन्ह खोसियो, त्यसको विरुद्धमा हाम्रो आन्दोलन सुरु भएको छ । जबसम्म यो सरकारले दलीय चुनाव चिन्ह दिंदैन र चुनावको वातावरण सुनिश्चित गर्दैन, त्यतिबेलासम्म यो आन्दोलन जारी रहन्छ । दलीय चुनाव चिन्ह पाउनु हाम्रो अधिकार हो । निर्दलीय पञ्चायती व्यवस्था जस्तो होइन यो, म आफैं जीवनभर बहुदलीय लोकतान्त्रिक व्यवस्थाका निम्ति लडेको छु । बहुदलीय लोकतन्त्र भनेको चुनाव चिन्हसहित चुनाव लड्न पाउनु हो । त्यो अधिकारको जुन ढंगले हत्या गरिएको छ, जुन तीन दलीय सिन्डिकेट कांग्रेस, एमाले र माओवादीले जारी गरेका छन्, हामी त्यसको विरोध गर्छौं र यसका विरुद्ध लड्छौं ।’

नयाँ शक्तिलगायतका दलीय चुनाव चिन्हबाट बञ्चीत दलहरुले काठमाडौंलगायत आज आइतबार देशभरका निर्वाचन कार्यालयहरुमा धर्ना जारी राखेका छन् र भोलि सोमबार पनि धर्ना जारी रहनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com