शेर्पाको मृत्युको खबर दिएका परिवारले गल्ती स्वीकार्दै भने : ‘मुटु चलेको खबर आयो’


प्रकाशित मिति : चैत्र २३, २०७६ आईतबार

न्युयोर्क निवासी निमा टेम्बा शेर्पाको अस्पतालमा मृत्यु भएको भन्दै आफन्त र साथीहरुलाई जानकारी दिएका उनका परिवारले निमा टेम्बा शेर्पाको मुटु चलेको खबर आएको बताएका छन् । उनका दाई ल्हाक्पा युला शेर्पाले अहिले भाईको मुटु चलेको खबर आएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफूले भाइको मृत्युको खबर साथीभाई र शुभचिन्तकहरुलाई दिएकोमा माफी समेत मागेका छन् ।

हिजो अस्पतालले परिवारलाई भाई निमा टेम्बा शेर्पालाई बचाउन नसक्ने खबर आफूहरुले उक्त खबर साथीभाई र शुभचिन्तकलाई दिएको ल्हाक्पा युला शेर्पाले स्पष्ट पारेका छन् । उनले भनेका छन् – ‘हामीले दिएको जानकारी अनुशार नै भाईका साथीभाई तथा शुभचिन्तकले श्रद्धाञ्जली समेत लेखेका हुन्, त्यस विषयमा हामी अन्यथा लिने छैनौं ।’

आफूहरु पनि अस्पतालकै सुचनाको भर पर्नुपर्ने भएकाले यसबाट हुन गएको दुबिधाप्रति क्षमा माग्दै उनले सामाजिक सञ्जालमार्फत भनेका छन् अस्पतालले बचाउन नसक्ने जानकारी दिएपछि हामीले भाईको नाममा पुजापाठ गर्नेदेखि फेसबुकमा श्रद्धाञ्जली लेख्ने समेत काम भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिलेको परिस्थीति अनुशार परिवार कोही पनि त्यहाँ जान नमिल्ने भएको हुँदा अस्पतालकै सुचनामा भर पर्नुपर्ने भएको हुँदा आज विहान अस्पतालमा सम्पर्क गर्दा भाईको मुटु चलिरहेको जानकारी प्राप्त भएको ल्हाक्पा युवा शेर्पाले बताएका छन् । उनले भनेका छन् – ‘हामी सबैले उहाँको स्वास्थ्यलाभको प्राथना गरौं । ‘

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com