एकपटक अस्वीकृत भएका सवा सातलाखलाई पुनः अमेरिकी भिसा


प्रकाशित मिति : चैत्र १७, २०७३ बिहीबार

अमेरिकाले सन् २०१६ (आर्थिक बर्ष) मा एकपटक भिजिटर लगायतका गैरआप्रवासी भिसा अस्वीकृत भइसकेका ७ लाख २४ हजार ६ सय ६४ जनालाई पुन भिसा जारी गरेको छ । जसमध्ये कैयन नेपालीहरुसमेत छन् ।

अमेरिकाको गैर आप्रवासीभिसा एकपटक अस्वीकृत भएमा त्यही आवेदनबारे अपिल गर्न नपाइने प्रावधान रहेपनि अमेरिकाले एकपटक भिसा अस्वीकृत भइसकेका कैयन व्यक्तिलाई सोही प्रयोजनका लागि पुन भिसा जारी गर्दै आएको छ ।

अमेरिकाले सबैभन्दा धेरै गैर आप्रवासी भिसा अस्वीकार अमेरिकी भिसा कानुन इमिग्रेशन एण्ड नेशनालिटि एक्टको २१४ बी अनुशार अस्वीकार गर्दै आएको छ । यदि आवेदकले आफूले आवेदन दिएको गैर आप्रवासी भिसाका लागि योग्य रहेको प्रमाणित गर्न नसकेको खण्डमा वा आवेदकले अमेरिकामा स्थायीरुपमा बस्न नमिल्ने गरी आफ्नो देशमा फर्कनुपर्ने अवस्था पुष्टी गर्न नसकेको खण्डमा यो ऐन अन्तरगत भिसा अस्वीकार गरिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर एकपटक भिसा अस्वीकृत भइसकेपछि पनि सोही प्रयोजनका लागि थप कागजात वा विवरणसहित आवेदकले तत्कालै आवेदन दिएर भिसा अधिकारीको चित्त बुझाउन सकेमा भने एकपटक अस्वीकृत भइसकेपछि पनि अमेरिकाले सोही आवेदकलाई भिसा प्रदान गर्दै आएको छ ।

यसरी एकपटक भिसा अस्वीकृत भइसकेपछि पुन आवेदन दिएर भिसा पाउनेहरु सन् २०१६ मा विश्वभरबाट ७ लाख २४ हजार ६ सय ६४ जना रहेका थिए । जसमध्ये २७ हजार ७ सय ८ जना अध्यागमन ऐनको २१४ बी अनुशार सुरुमा भिसा अस्वीकृत हुनेहरु रहेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेट ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com