पोर्तुगलमा कोरोना संक्रमित नेपालीको संख्या १९ पुग्यो,थप ८ नेपालीलाई संक्रमण


प्रकाशित मिति : चैत्र २१, २०७६ शुक्रबार

पोर्तुगलमा आज थप आठजना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

लिस्बनबाहिर सान्तराइको एउटा कम्पनीमा काम गर्ने आठ नेपालीलाई कोभिड १९ संक्रमण भएको एक संक्रमितले बताएका छन् । उनीहरुलाई जुनता दे फ्रेगेजियाको हलको क्वारेन्टाइन शिविरमा राखिएको छ ।

उनले आफूहरुको स्वास्थ्य स्थिति सामान्य रहेको तर टेष्ट गर्दा पोजिटिभ देखिएकोमा दु:ख लागेको बताए । ‘हामीलाई केही भएको छैन । तर परिक्षण गर्दा कोरोना पोजिटिभ भएको नतिजा आएको छ’ उनले भने, ‘जुन्ताको हलमा राखेको छ । खाना बस्न ठिकै छ ।’

यता लिस्बनको कुरी काब्राल अस्पातलमा उपचार गराइरहेका तीनजनालाई पनि संक्रमण पुष्टि भएको छ । उनीहरुले स्वास्थ्य स्थिति सामान्य रहेको उल्लेख गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि पोर्तुगलको लिस्बनमा सातजना नेपालीलाई कोरोना संक्रमण भएको छ । अवस्था गम्भिर भएका कारण दुईजनालाई अस्पतालमा भर्ना गरिएको छ । पाँचजनालाई घरमै क्वारेन्टाइनमा राखिएको छ ।

यसअघि कोरोना संक्रमण भएका एकजना नेपालीको फारो अस्पतालमा उपचार भइरहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com