“नेपालको गणतन्त्रलाई बनाना गणतन्त्र बनाइयो”


प्रकाशित मिति : चैत्र १४, २०७३ सोमबार

नेपालको घरेलु राजनीति र कुटनीतिक क्षेत्र दुबै संक्रमणकाल र चरम विकृतिको सिकार भइरहेको विश्लेषकहरुले बताउनु भएको छ ।

एबीसी न्यूजको नियमित टक सो एबीसी वाचमा कुरा गर्दै पूर्वराजदुत कमल कोइराला र विश्लेषक राजेश अहिराजले नेपालको घरेलु राजनीति र कुटनीति दुबै चरम समस्याबाट गुज्रिरहेको बताउनु भएको हो । अहिले नेपालको राजनीतिमा चरम विकृति देखापरेको र यसको प्रक्षेपण कुटनीतिमा पनि देखिएको पूर्वराजदुत कोइरालाको  भनाई छ । गणतन्त्र स्थापनापछि राजनीतिका हरेक कुरा रकममा किनबेच हुने परिपाटी विकसित हुदा नेपाली गणतन्त्र बनाना गणतन्त्रमा परिणत भएको उहाँको  तर्क छ । यसैकारण नेपालले आफ्ना छिमेकीसँग भएको संभावनाको समेत उपयोग गर्न नसकेको उहाँको भनाई छ । चीनसँग नेपालको बहुआयामिक संभावना भएपनि नेपालले त्यसको सहि सदुपयोग गर्न नसकेको अहिले प्रधानमन्त्रीको चीन भ्रमण पनि उपलब्धिहिन भएको उहाँको तर्क छ । तर विश्लेषक डा. अहिराजले भने देश अहिले समस्याबाट गुज्रिरहेको भएपनि जनताको चेतनास्तर बढेकोले नेपालले अबको केही समयभित्रै हरेक क्षेत्रमा फड्को मार्ने संकेत देखिएको तर्क गर्नु भएको छ । एबीसी वाच सोमबार राती १० बजेको समाचारपछि पुनप्रशारण हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com