अमेरिकाबाट बाँठाको उपचारका लागि आयो सहयोग


प्रकाशित मिति : फाल्गुन २९, २०७६ बिहीबार

अमेरिकामा बस्दै आएका नेपालीहरुले बिरामी कर्णबहादुर बाँठामगरको उपचारका लागि आर्थिक सहयोग गरेका छन् ।

त्रिवि शिक्षण अस्पतालमा ५ महिनादेखि मृगौला, पत्थरी र जण्डिस रोगको उपचार गराइरहेका ४७ वर्षीय उनलाई अमेरिका बस्दै आएका नेपालीले सहयोग गरेका हुन् । पछिल्लो समय कलेजोमा पनि समस्या देखिएको कर्णबहादुरका छोरा महेन्द्र बाँठामगरले जानकारी दिए ।

अमेरिकाको टेक्सास बस्दै आएका रोल्पाका याशिका बाँठामगर र जीवराज बुढामगरको सक्रियतामा सङ्कलित १ लाख २६ हजार ९ सय ८५ रुपैयाँ बुधवार बिरामी कर्णबहादुरलाई हस्तान्तरण गरिएको हो ।

अमेरिकामा रहेका भुवन आले, मानबहादुर र वीरपति बाँठामगर, जीवराज बुढा, याशिका बाँठामगर, मणि थापा, लक्ष्मी पुन, गङ्गा सिञ्जाली, रबिन थापा मगरले उनलाई आर्थिक सहयोग गरेका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै अमेरिकमै बस्दै आएका सबिता थापा, रिम थापा, सरु गाहा, यम थापा, रबिन मगर, करन थापा, सुमन पाठक, खेम निरौला, प्रविन कवर, दीपक थापा, देवि थापा, कमल मगर, लीला लामिछाने, यज्ञ राना, कमला थापा, दीपक कार्की, तेजेन्द्र थापाले पनि उनलाई आर्थिक सहयोग गरेका छन् ।

यस्तै नारायण के सी, निग्मा शेर्पा, नगेन्द्र लिम्बु, दीपक क्षेत्री र जानकी थापाले संयुक्त रुपमा सङ्कलन गरेको ४१ हजार १ सय १० डलर रुपैयाँ पत्रकार देविका घर्ती मगरमार्फत बिरामी कर्णबहादुरलाई हस्तान्तरण गरिएको हो । कर्णबहादुर परिवारको आर्थिक स्थिती कमजोर भएका कारण उपचारमा सहयोग गर्न परिवार सदस्यले सबैमा आग्रहसमेत गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com