सुँगुरसँग कुस्ती खेल्दा आफैंलाई फोहोर लाग्छ : संयोजक डा. भट्टराई


प्रकाशित मिति : चैत्र ११, २०७३ शुक्रबार

भैरहवा । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले पुराना पार्टीहरु भ्रष्टाचार र अनियमितताको फोहोरमा सुँगुर जसरी डुबेकाले तिनीहरुसँग कुस्ती खेल्न नसकिने बताउनुभएको छ ।

नयाँ शक्ति पार्टी, नेपालले सुरु गरेको हिमाल-पहाड-मधेस/तराई राष्ट्रिय अभियानको क्रममा शुक्रबार भैरहवामा आयोजित सभालाई सम्बोधन गर्दै यस्ते बताउनु भयो । ‘सुँगुरसँग कुस्ती खेल्नु हुँदैन, खेलियो भने आफैंलाई फोहोर लाग्छ’ उहाँले भन्नुभयो, ‘हामी पुराना पार्टीहरुसँग कुस्ती खेल्न होइन, सुशासन र सदाचारयुक्त समृद्धिको शिखरतिर लम्किने अभियानमा छौं ।’

उहाँले नयाँ शक्तिको परिकल्पना सबैप्रकारको भ्रष्टाचारबाट मुक्त सुशासन र सदाचारयुक्त देश निर्माण भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘नयाँ शक्ति आजभन्दा २५०० वर्ष अघि गौतम बुद्धले विश्वलाई एउटा सन्देश दिएका थिए, आज हामी त्यस्तै अर्को सन्देश दिन उभिएका छौं ।’

नेपालको सन्दर्भमा समृद्धि कुनै काल्पनिक सपना नभएको उल्लेख गर्दै उहाँले हाम्रो जीवनकालमै समृद्धि सम्भव भएको स्पष्ट पार्नुभयो । ‘हामीले ठूलाठूला क्रान्तिहरु गर्यौं, संविधान बनेपछि सबैको सपना थियो कि नेपाल समृद्धिमा पुगोस्,’ उहाँले अगाडि थप्नुभयो, ‘यो कुनै काल्पनिक सपना होइन, नेपाल जस्तो ठाउँ विश्वमा कहिं पनि छैन, नेपालको मानवीय र प्राकृतिक स्रोत सम्पदा हेर्दा यो वास्तविक सपना हो ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले नयाँ शक्ति वैकल्पिक विचारसहितको शक्ति भएको भन्दै देश विदेशमा रहने व्यक्तिहरुको माझ मात्र होइन, संसारले नै नयाँ शक्तिलाई चासोपूर्वक हेरिरहेको बताउनुभयो ।

एक फरक प्रसंगमा उहाँले बुटवल सुनौलीको बाटो बन्न लागेको देख्दा निकै उत्साही भएको भन्दै खुसी व्यक्त गर्नुभयो । ‘जसरी विहारमा नितिशकुमारले छोटो समयमा ठूलाठूला सडकहरु बनाउने काम गरेका थिए,’ उहाँले भन्नुभयो, ‘मैले आफैंले ५६/६६ सालको बजेटमा दशवटा मुख्य ६ सहरहरुमा ६ लेनको बाटो बनाउनुपर्छ र भारतबाट नेपाल पस्दा नेपाल कम रहेनछ भनेर सोचून् भनेर सुरु गरेको थिएँ, त्यो सपना अहिले पूरा हुँदै गएको छ, म खुसी छु ।’

उहाँले विकास र समृद्धिको निम्ति सबैले एकैसाथ समृद्धिको सपना देख्नुपर्ने र सबैबीच दृढ संकल्प र एकता हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । नयाँ शक्तिले देशलाई तोड्न र टुक्र्याउन खोज्ने शक्तिहरुका विरुद्ध देश जोड्ने अभियानको रुपमा नयाँ शक्ति पार्टीले जारी अभियान संचालन गरेको बताउनुभयो ।

‘२५०० वर्ष अघि सभ्यताको सुरुवात भएको यो भूमिमा जसले बुद्ध नेपालमा जन्मिएका भनेर भाषण गर्छन्,’ उहाँले प्रश्न गर्दै भन्नुभयो, ‘तर, त्यही भूमिमा जन्मिएका यहाँ बस्ने आदिवासी मधेशी थारुहरु नेपाली हैनन् भनिरहेका छन् । के यो तथ्य हो ?’

उहाँले अगाडि थप्नुभयो, ‘यहि भूमिमा जन्मिएका र यो भूमिको रक्षा गर्नेहरुलाई गैरनेपाली भन्न मिल्छ ? गोर्खा राज्य विस्तार गरेर हाम्रा बाउबाजेले आर्जेको यो देश केही उट्पट्या मान्छेहरुको दुष्प्रयासका कारण कतै विखण्डित हुने त होइन ?’

एकल जातीय अहंकारवादका विरुद्ध मधेशका केही निराशावादी युवाहरुले छुट्टै देश बनाउनुपर्छ भनेर जुन अभियान सुरु गर्दा त्यसले बिखण्डनको खतरा देखापरेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । ‘यो निकै गम्भीर विषय हो, यो रोक्नुपर्छ र इन्द्रधनुषी राष्ट्रको निर्माण गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।

संघीयताले देश जोड्ने बताउँदै उहाँले डेढ वर्षसम्म संघीताको कार्यान्वयन हुन नसक्नु दुःखद कुरा भएको बताउनुभयो । ‘अब यो मुद्दालाई टुंगोमा पुर्‍याएर चुनावमा जानुको विकल्प छैन,’ उहाँले भन्नुभयो, ‘हामी चुनावको विरोध होइनौं, हामी निसन्देहः चुनाव चाहन्छौं, देशमा चुनाव गरेर सरकारमा पुग्ने अनि राजनीतिक स्थायित्व कायम गर्दै देशलाई समृद्धितिर लैजाने हाम्रो सीधा राजनीतिक कार्यदिशा हो ।’ नयाँ शक्तिको जारी हिमाल, पहाड, तराई–मधेश राष्ट्रिय एकता अभियान १३ गते धनगढीमा पुगेर समापन हुनेछ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com