कोरोना अपडेट : भिसामा अमेरिका आउँदै गरेका ३४७ जनालाई पोर्ट अफ इन्ट्रीबाट फर्काइयो


प्रकाशित मिति : फाल्गुन २२, २०७६ बिहीबार

विभिन्न भिसामा अमेरिका आउँदै गरेका ३४७ जनालाई अमेरिकाको पोर्ट अफ इन्ट्रीबाट फिर्ता गरिएको छ । तीमध्ये २४१ जनालाई अमेरिकी विमानस्थल र स्थल सिमाबाट फिर्ता पठाइएको हो भने १०६ जनालाई प्रि क्लियरेन्स पोर्ट अफ इन्ट्रीबाट फिर्ता पठाइएको हो ।

विमानस्थलबाट १४ जनालाई फर्काइएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । २२७ जनालाई भने स्थल पोर्टबाट फिर्ता पठाइएको हो । एकमहिनाकाृ अवधिमा उनीहरुलाई फिर्ता पठाइएको र सबै कोरोना भाइरस सम्बन्धित भएको जनाइएको छ ।

फरबरी २ देखि मार्च ३ सम्मको अवधिमा उनीहरुलाई फिर्ता पठाइएको हो । तर कुन देशका कति जनालाई फर्काइयो भन्नेबारे केही बताइएको छैन । अमेरिकी राष्ट्रपतिले चीन र इरानका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने घोषणा गरेपछि ती देशका भिसावाहकलाई फिर्ता पठाइएको छ ।

फर्काइएका अधिकांशको चीनको यात्रा गरेको यात्रा इतिहास पाइएको थियो । विगत १४ दिनमा चीनमा गएकाहरुलाई अमेरिका प्रवेशमा रोक लगाइएको छ । तर अमेरिकी ग्रिनकार्डबाहक र नागरिक भने अमेरिका आउन पाउँछन् । इरानसहितका देशमाथिको प्रतिबन्ध भने अमेरिकाले गतसातामात्र घोषणा गरेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच मेरिल्याण्ड राज्यको मोन्टगोमेरी काउन्टीमा तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । तीनजनामा भाइरसको संक्रमण पुष्टी भएपछि मेरिल्याण्ड राज्यमा राज्य संकटकाल घोषणा गरिएको छ ।

गभर्नर ल्यारी होगनले राज्य संकटकालको घोषणा गर्दै सबैलाई सचेत हुन भनेका छन् । संक्रमितहरुमध्ये दुई जना ७० बर्ष कटेका एक जोडी रहेका छन् । एकजना भने ५० बर्ष कटेकी एक महिला रहेकी छिन् ।

उनीहरु अमेरिकाबाहिर यात्रा गरेर फर्केका थिए । उनीहरु फरबरी २० मा फर्केपछि उपचारका लागि अस्पताल लगिएको थियो ।

अहिलेसम्म अमेरिकामा २२६ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको छ ।

कोरोना संक्रमणको जोखिममा रहेका न्युयोर्क प्रहरीका ४ जना अफिसर सहित २७७३ जना आइसोलेसनमा रहेका छन् । स्वास्थ्यविभागले यी सबैको अनुगमन गरिरहेको जनाएको छ ।

चीन, इटली, इरान र जापानबाट फर्केका न्युयोर्क प्रहरीका अफिसरहरु त्यहाँबाट फर्केदेखि नै आइसोलेसनमा रहेका छन् । उनीहरु अमेरिका फर्केदेखि नै आफू कार्यरत प्रहरी चौकीमा गएका छैनन् ।

न्युयोर्कको स्वास्थ्य विभागले चीन, इरान, इटली, दक्षिण कोरिया र जापानबाट फर्केकाहरुलाई १४ दिन अनिवार्य आइसोलेसनमा बस्न भनेको छ । आज दिउसो न्युयोर्कका मेयर बिल ब्लाजिओले पत्रकार सम्मेलन गरेर न्युयोर्क सिटीमा कोरोनाबिरुद्ध लड्न भइरहेका प्रयासबारे जानकारी दिएका हुन् ।

ब्लाजिओले न्युयोर्कबासीहरुलाई सामान्य सावधानी अपनाउन सचेत गराएका छन् । हात धुन, खोक्दा वा हाछ्यु गर्दा मुख छोपेर गर्न, बिरामी भएमा घरमै बस्न र लक्षणहरु देखिएमा डाक्टरलाई सम्पर्क गर्न उनले सचेत गराएका छन् ।

उनले न्युयोर्कबासीलाई चिन्तित होइन, सजग रहन आग्रह गरेका छन् । आफूहरुले न्युयोर्कबासीलाई सुरक्षित राख्न हरतरहले प्रयास गरिरहेको उनको भनाई छ ।

अहिलेसम्म न्युयोर्कमा २२ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ । अमेरिकाका राज्यहरुमा संक्रमितको संख्या सबैभन्दा धेरै वासिंटन राज्यमा रहेको छ ।

वासिंटन राज्यमा ७४ जनामा संक्रमण पुष्टी भएको छ भने ती मध्ये ११ जनाको मृत्यु भइसकेको छ । क्यालिफोर्नियामा ६३ जनामा संक्रमण भएको छ भने तीमध्ये एकजनाको मृत्यु भएको छ ।

अहिलेसम्म अमेरिकामा २ सय १३ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com