२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
मनोरञ्जन

‘खोई कुरा बुझेको ‘

संचारकर्मी तथा सिने निर्देशक समिर जोशीको लेखन तथा निर्देशन मा हाँस्य पारिवारिक टेलिसिनेमा ” खोई कुरा बुझेको ?”छायांकन प्रारम्भ भयको छ ।

स्वस्तिक सिने आर्ट्स र बिनभ क्रियसनको सयुक्त प्रस्तुतिमा सो टेलिसिनेमाको निर्माता सागर बस्नेत रहेको छ । प्रत्येक शृंखलामा नया कथाबस्तु रहने ” खोई कुरा बुझेको ?”

टेलिसिनेमाको कलाकारमा शितल केसी ,अस्मिता बस्नेत “थुम्की “,निशा पाख्रिन , सबिता लकाई खडका ,सुस्मिता ख्याती,दिपेश बन्जारा ,सागर गिरि ,नमिता खडका ,सागर बस्नेत र समिर जोशी रहेको छ ।

शृंखला निर्देशक बाणी पोखरेल रहेको उक्त टेलिसिनेमाको छायांकन सुनिल सिंह ,सम्पादन अमन महर्जन र सांगे शेर्पा शिर्ष गीत ज्योति खतिवड़ा र गायन तथा संगीत प्रमोद पाण्डे र मेकअप मा बिस्वराम हापु र शंकर पाण्डे रहेको छ ।

निमेष खनाल सल्लाहकार रहेको उक्त टेलिसिनेमा टिभी वन यच डी तथा अन्य राष्ट्रिय टेलिभिजनमा प्रसारण हुने तथा उक्त टेलिसिनेमाको बजार ब्यबस्थापन पायोनियर मिडिया को रहेको छ ।

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →