माओवादी केन्द्रको निष्कर्षः कञ्चनपुर गोलीकाण्डमा भारतले माफी माग्नु पर्छ


प्रकाशित मिति : चैत्र १०, २०७३ बिहीबार

काठमाडौं । कञ्चनपुर गोलीकाण्डमा भारतले माफी माग्नुपर्ने सत्तारुढ नेकपा माओवादी केन्द्रले निष्कर्ष निकालेको छ । सप्तरीमा प्रहरीको गोली लागेर मृत्यु भएका पाँचै जनालाई शहीद घोषणा गर्नुपर्ने निष्कर्ष पनि माओवादीले निकालेको हो । समसामयिक परिस्थितिबारे छलफल गर्न माओवादी संसदीय दलको बैठक विहीबार सिंहदरबारमा बसेको बैठकमा कञ्चनपुर र सप्तरी गोलीकाण्डको विषयमा पनि छलफल भएको जनाईएको हो ।

गत फागुन २६ गते कञ्चनपुरको पुनर्वास नगरपालिकाको आनन्द बजारमा एसएसबीको गोली लागेर गोविन्द गौतमको मृत्यु भएको थियो । सो घटनामा भारतीय सुरक्षाकर्मीको लापरवाही पुष्टि भएकाले भारतले माफी माग्नुपर्ने निष्कर्ष बैठकले निकालेको माओवादी केन्द्र श्रोतले जानकारी दिए ।
नेपाल(भारत सीमा क्षेत्रमा कल्भर्ट निर्माण गर्ने विषयमा विवाद हुँदा एसएसबीले चलाएको गोली लागेर गोविन्द गौतमको मृत्यु भएको थियो । गौतमलाई सरकारले शहीद घोषणा गरिसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com