अमेरिकाले मध्यपूर्वका १० विमानस्थलबाट अमेरिका आउने हवाइजहाजमा मोबाइलभन्दा ठूला विद्युतीय उपकरण बोक्न प्रतिबन्ध लगाएको छ ।
सुरक्षा संवेदनशीलताको कारण देखाउँदै ल्यापटप, आइप्याड, ट्याब्लेट, क्यामेराजस्ता उपकरणमा रोक लगाएको छ । विद्रोही समूहले विद्युतीय उपकरणमार्फत विस्फोटक पदार्थहरु ओसारपसार गर्ने भएकोले उक्त प्रतिबन्ध लगाएको अमेरिकी प्रशासनले बताएको छ ।
प्रतिबन्ध लागेका विमानस्थलहरुमा कायरो, इस्तानबुल, कुवेत सिटी, दोहा, अम्मान, रियाद, जेदा, दुबाइ र अबुधावी छन् । यो प्रतिबन्धबाट ९ एयरलाइन्स प्रभावित हुनेछन् । ती विमानहरु मध्यपूर्वबाट अमेरिका सिधा उडान भर्ने गर्छन् । अमेरिकी एयरलाइन्स भने उक्त प्रतिबन्धबाट प्रभावित हुने छैनन् । आजको कान्तिपुरबाट छ
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।