नायिका महिमाको स्कुटर दुर्घटनामा मृत्यु


प्रकाशित मिति : फाल्गुन १, २०७६ बिहीबार

सडक दुर्घटनामा परि नायिका महिमा सिलवाल र उनकी बहिनीको ज्यान गएको छ । बुधबार साझँ पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ चाम्बासमा भैरहवाबाट काठमाडौंका लागि छुटेको लु २ ख १३५ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको बा ९८ प ७०५८ नम्बरको स्कुटर आपसमा ठोक्किएको थियो । नायिका सिलवाल बहिनीको ‘इगेजमेन्ट’मा चितवन आउँदै गर्दा दुर्घटना भएको हो ।

स्कुटरमा उनकी बहिनी शर्मिला सिलवाल पनि सवार थिइन् । दुर्घटनामा घाइते भएकी महिमाको गजुरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा बुधबार नै ज्यान गएको प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्र खड्काले जानकारी दिए । घाइते भएकी महिमाकी बहिनी शर्मिलाको बिहीबार बिहान काठमाण्डौको ट्रमा सेन्टरमा ज्यान गएको छ । ‘कारवाही’ फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले ‘अप्रिल फुल’, ‘चियर्स’, ‘दानव’ लगायतका चलचित्रका साथै दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । ठक्कर दिने बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com