बाल्टिमोरमा जातीय तथा सबै प्रकारका विभेद बिरुद्ध प्रवासी अभियान विषयक कार्यक्रम सफलता पुर्वक सम्पन्न


प्रकाशित मिति : चैत्र ७, २०७३ सोमबार

 

विजय थापा ,बाल्टिमोर

मार्च १९ ,अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा जातीय तथा सबै प्रकारका विभेद बिरुद्ध प्रवासी अभियान विषयक कार्यक्रम सम्पन्न भएको छ lअन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस २१ मार्चको सन्दर्भमा उक्त कार्यक्रमको आयोजना गरिएको हो l

उक्त कार्यक्रम सन् २००४ देखि नै अमेरिकाको डीसी महानगर क्षेत्रमा दलित ,जातीय विभेद बिरुद्ध तथा सामाजिक सेवामा काम गरि रहेको नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ड कम्युनिटी (नासो कम्युनिटी) अमेरिका ,सन् २००८ देखि नै दलितका अधिकार सम्बन्धि काम गर्दै आई रहेको इन्टर नेसनल कमिसन फर दलित राइट (आइसीडीआर) तथा सन् १९९८ मा नेपालका दलित महिला तथा बालबालिकाको मानव अधिकारको रुपमा काम गर्दै आएको नेपाल दलित महिला उत्थान संघ (एडवान) को सयुक्त आयोजनामा कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ l

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रम को उद्घाटन पानसमा बत्ती न्यूयोर्कका महा बाणिज्यदूत क्रिसू क्षेत्रिले गरेका थिए भने अतिथिहरूलाई खादा लगाई सम्मान गरिएको थियो । कार्यक्रममा नेपाली तथा अमेरिकाको राष्ट्रीय गीत वजाईएको थियो ।न्याय र समानताका लागि हामी जहाँ भए पनि, केहि गरौँ भन्ने आवाज सहित सम्पन्न उक्त कार्यक्रममा वासिङ्टन डिसी महानगर क्षेत्र तथा अमेरिकाका विभिन्न राज्यहरुमा क्रियाशिल संघ/संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो l

अतिथि तथा केहि संघ/संस्थाका प्रतिनिधिहरुले मन्तब्य राख्नूका साथै शूभकामना दिएका थिए ।कार्यक्रममा दलित आन्दोलनमा योगदान पूर्याउने ६ जना बिशेष व्यक्तिहरूमा न्यूजर्सी बाट संचालित यूसनेपाल अनलाईनका संस्थापक तथा संचारकर्मी प्रदिप परियार थापा,प्रकाश नेपाल ,दोर्ण रसाईली ,डा डि के गूरूग ,चन्द्रकला सून्दर र विक्रम पोखरेललाई सम्मान गरिएको थियो ।

प्रमुख अतिथि क्षेत्रि ले दलित सम्वन्धि ईतिहास कोट्याउदै हामीले अन्य जातजाती र थरलाई सम्झन्छौ तर दलित लाई कहिले सम्झेनौ भने । उनिहरूले कस्तो भुमिका गरे कहिले उल्लेख गरेनौ भनि कूरा राखे । दलितलाई अमेरिका मा विभेदको कूरा गरे भने म त्यसलाई म न्यूयोर्क वाट कार्यवाही गर्ने प्रतिवद्दता गरे ।  अमेरिकामा अहिलेको परिस्थितिमा कसैलाई केही समस्या उत्पन्न गरे आफूले आफ्नो भूमिका रहे सम्म भूमिका निर्वाह गर्ने बताए ।

उक्त कार्यक्रममा नासो कम्युनिटीका अध्यक्ष गोपाल बिश्वकर्माले सभापतित्व गर्दै र कार्यक्रमको समापन गरेका थिए । यसै गरि न्युजर्सीबाट आएकी महिला अधिकार कर्मी तथा एडवानकि संस्थापक सभापति बिष्णु माया परियार (बिद्या वारिधि ) ले महिला शशक्तिकरणको कूरा राख्दै छूवाछत र दलित समस्या सवैको समस्या भएकोले सवै मिलेर काम गर्नू पर्ने बताईन । विभेद तल्लो स्तर बाट नै हटाउनू पर्ने बताईन ।

आइसीडीआरका संस्थापक सभापति डिवि सागर बिश्वकर्माले मन्तब्य राख्दै केहि सूझाव पेश गरेका थिए । कार्यक्रम संचालन पूर्ण सिंह बराईली तथा स्वागत मन्तव्य धन नेपालीले गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com