प्रम ओली र मोदीद्वारा विराटनगर-जोगबनी चेकपोस्टको उद्घाटन


प्रकाशित मिति : माघ ७, २०७६ मंगलबार

विराटनगर–जोगबनी एकीकृत चेकपोस्टको मंगलबार उद्घाटन भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले आज बिहान भिडियो कन्फ्रेन्समार्फत एकीकृत चेकपोस्टको उद्घाटन गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भारतीय प्रधानमन्त्री मोदीले नयाँदिल्लीबाट उद्घाटन गरेका थिए। भारत सरकारको २ अर्ब ८ करोड रुपैयाँ आर्थिक सहयोगमा विराटनगरमा एकीकृत चेकपोस्ट निर्माण गरिएको हो। नेपाल र भारतबीच सन् २००५ मा विराटनगर, वीरगन्ज, भैरहवा र नेपालगन्ज गरी चार ठाउँमा एकीकृत चेकपोस्ट निर्माण गर्ने सहमति भएअनुसार बनेको यो दोस्रो एकीकृत चेकपोस्ट हो। यसअघि सन् २०१८ अप्रिल ७ मा वीरगन्ज–रक्सौल एकीकृत चेक पोस्टको उद्घाटन गरिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com