स्की खेलको सम्भावना खोजी


प्रकाशित मिति : चैत्र ६, २०७३ आईतबार

काठमाडौ/ हिमालै हिमालको देश भनेर चिनिएको नेपालमा स्की खेलको विकास नभएपछि पर्वतीय प्रशिक्षण प्रतिष्ठानले खेलको सम्भावना खोज्न सुरु गरेको छ । वर्षौंदेखि उच्च खानदान नेपालीले युरोपमा गएर स्की खेल्न सुरुवात गरेका थिए । हाल स्की खेलको विकास गर्न प्रतिष्ठानले मुक्तिनाथ, खप्तड, सगरमाथा क्षेत्रमा स्की सम्भावना पत्ता लगाएको छ । गोसाईकुण्ड, अन्नपूर्ण हिमालको बेसक्याम्स आसपास, दोलखाको सैलुङ हिमाल, ढोरपाटनमा पनि स्कीका सम्भावित क्षेत्र रहेको भन्दै थप कार्यक्रम अघि बढाउने प्रतिष्ठानले जनाएको छ ।

यता पर्वतीय प्रशिक्षण प्रतिष्ठान १० पर्वतारोहण प्रशिक्षक दुई तहको स्की प्रशिक्षक तालिमसमेत दिई सकेको प्रतिष्ठान निमित्त कार्यकारी निर्देशक उत्तमबाबु भट्टराईले बताए । माघ २१ देखि फागुन ९ गतेसम्म फ्रान्स र स्विट्जरल्यान्डमा स्कीको दोस्रो तहको तालिम दिएर प्रशिक्षक तयार बनाएको भट्टराईले बताए । स्विट्जरल्यान्डको डिसेन्टिस तीन हजार स्की स्पोर्ट कम्पनी, एन्सा फ्रान्स, फाउन्डेसन यवेस पोलेट विलार्ड, सामोनी फ्रान्स, नेपाल स्की एकेडेमी स्विट्जरल्यान्ड र नेपाल पर्वतारोहण प्रशिक्षण संघले स्की तालिमलाई सहयोग गरेको थियो ।

एन्सेल्म बन्ड फ्रान्स, जिओर्रजी अलान फ्रान्स र एर्भिन जेकोमेट स्विट्जरल्यान्डले तालिममा प्रशिक्षण गरेका थिए । पर्वतीय प्रशिक्षण प्रतिष्ठानले स्की पर्यटनलाई दुई वर्षदेखि प्राथमिकतामा राखी विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । स्कीमार्फत विश्वकै पर्यटकको आकर्षण बढाउने लक्ष्य प्रतिष्ठानले लिएको जनायो । पर्वतारोहण प्रशिक्षक एवं अन्तर्राष्ट्रिय माउन्टेन गाइडहरू आङनोर्बु शेर्पा, पेम्बागेल्जे शेर्पा, पासाङओङछु शेर्पा, तेन्जिङ शेर्पा, पासाङतेन्जिङ शेर्पा, छिरिङ पाण्डे भोटे, ज्यामच्याङ भोटे, लाक्पा कितर शेर्पा, तेण्डी शेर्पा, छिरिङजाङबु शेर्पा गरी १० पर्वतारोहण प्रशिक्षक सहभागी भएका थिए ।

स्की माउन्टेनियरिङ संसारमै प्रसिद्ध पर्यटकीय गतिविधि मानिन्छ । नेपाल स्कीका लागि सम्भावित मुलुक हो । हाईअल्च्यिुट स्कीका अनौपचारिक रूपमा विभिन्न हिमालहरूमा सञ्चालन भइरहे पनि व्यवस्थित सकिरहेको थिएन । युरोपमा भित्रिने अधिकांश पर्यटकहरू स्कीबाट आउने गरेको तथ्यांकहरूले देखाउँछ । नेपालको हाइअल्टिच्युट स्कीको प्रचारप्रसार गर्न सकेमा संसारलाई पर्वतीय पर्यटनमा अर्काे आकर्षण दिन सक्ने स्की प्रशिक्षक छिरिङ पाण्डे भोटेले बताए । स्कीबाट पर्यटकीय गतिविधि बढाउन सकिने एक गतिलो माध्यम बन्ने पर्यटन व्यवसायी ङिमानुरु शेर्पाले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पछिल्लो समय स्कीप्रति युवाको आकर्षण बढ्दै गएकाले यो वर्ष प्रतिष्ठानको सहकार्यमा गोसाईकुण्ड र अन्नपूर्ण बेसक्याम्पमा स्की तालिम सम्पन्न गरेको छ । बालबालिकादेखि वृद्धसम्मले मन पराउने स्की विकासमा प्रतिष्ठानले सरकारसँग समन्वय गरी स्की स्कुल बनाउने तयारी सुरु गरेको भट्टराईले बताए । उनले स्कीको विकास गर्न प्रशिक्षकलाई लेभल तीनसम्मको तालिम नेपालमै सञ्चालन गर्ने तयारीमा जुटेको बताए ।अन्नपूर्ण पाेष्ट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com