अमेरिकी नाैसेना प्रमुख आज नेपाल आउँदै


प्रकाशित मिति : चैत्र ६, २०७३ आईतबार

काठमाडौं /अमेरिकी नौसेना (नेभी) प्रमुख ह्यारी बिन्क्ले ह्यारिस आइतबार नेपाल भ्रमणमा आउने भएका छन्। अमेरिकी नौसेना का एडमाइरल ह्यारिस अमेरिकी सेनाको प्रभावशाली प्यासिफिक कमान्डका कमान्डर हुन्।

सन् २०१५ मा अमेरिकी नौसेना प्रमुखमा नियुक्त भएका ह्यारिस केही समय यता नेपाल आउन लागेका वरिष्ठ अमेरिकी सैन्य अधिकारी हुन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुशार तीनदिने नेपाल भ्रमणका क्रममा ह्यारिसले प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री प्रकाश शरण महत र प्रधानसेनापति राजेन्द्र क्षेत्रीसंग भेटवार्ता गरी नेपाल-अमेरिका सैन्य सहकार्य र सहयोगबारे छलफल गर्ने भएका छन्। रक्षा मन्त्रालयका प्रवक्ता उत्तम नागिलाले अमेरिकी नौसेना प्रमुख सद्भावना भ्रमणमा आउन लागेको बताए।

अमेरिकी नौसेना प्रमुख ह्यारी नेपाली सेनाले पाँच खालमा सोमबारदेखि पाँचखालमा आयोजना गर्न लागेको ‘शान्ति प्रयास’ नामक सैन्य अभ्यासको उद्घाटन कार्यक्रममा सहभागी हुने छन्। संयुक्त सैन्य अभ्यासमा राष्ट्रसंघीय शान्ति सेनामा सहभागी रहेका २७ देशले सहभगिता जनाउने स्रोतले जनाएको छ।

अमेरिकाले नेपाली सेनासँग रणनीतिक सहकार्यलाई निकै प्राथमिकतामा राखेको पाइन्छ। समय-समयमा अमेरिकी सेना र नेपाली सेनाबीच संयुक्त सैन्य अभ्यास हुने गरेका छन्। भारतपछि नेपालले संयुक्त सैन्य अभ्यास गरेको मुलुक अमेरिका हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘चीन र भारतका बीचमा रहेको नेपालको भूराजनीतिक अवस्थालाई अमेरिकाले आफ्नो रणनीतिक स्वार्थमा प्रयोग गर्ने रणनीति अपनाउँदै आएको छ। अमेरिकी नौसेनाका प्रमुखको भ्रमणलाई यस हिसाबले निकै महत्वको छ,’ एक सरकारी अधिकारीले भने।

भारतसँगको रक्षा सहकार्यलाई मजबुत पार्दै लगेको अमेरिकाले नेपाललगायत दक्षिण एसियाली मुलुकमा आफ्नो रणनीतिक स्वार्थ पूर्तिका लागि प्रयास गरिरहेको देखिन्छ। अमेरिकाले नेपाललाई भारतको दृष्टिबाट हेर्दै आएको विश्लेषण हुने गरेको छ। जसका कारण अमेरिकी नेपाल नीति भारतले नेपाललाई कुन रुपमा हेर्छ भन्नेमा बढी निर्भर रहने गरेको छ।

अमेरिकामा डोनाल्ड ट्रम्पको शासन सुरु भएयता अमेरिकाको एसिया प्रशान्त रणनीति, मुलतः भारत र चीनसंगको अमेरिकाको संबन्धमा आउनसक्ने बदलाव लगायत विषयमा अमेरिकी नीति के हुन्छ भन्नेबारे विश्वकै ध्यान आकर्षित भइरहेका बेला अमेरिकी नौसेनाका प्रमुख नेपालसहित एसिया प्रशान्त क्षेत्रको भ्रमणमा निस्कन लागेका हुन्। नेपाल तथा चीनबीच संयुक्त सैन्य तालिमको तयारी भइरहेका बखत अमेरिकी नौसेनाका प्रमुखको भ्रमण हुन लागेको छ।

चिनियाँ रक्षामन्त्री नेपाल आउँदै

अमेरिकी नौसेना प्रमुखको भ्रमण लगत्तै चिनियाँ रक्षामन्त्री चङ् वानछुन नेपाल भ्रमणमा आउने भएका छन्। रक्षा मन्त्रालयका प्रवक्ता उत्तम नागिलाले रक्षामन्त्री खाँणको निमन्त्रणामा चिनियाँ रक्षामन्त्री चैत १० मा नेपाल आउन लागेको बताए। ‘यो विशुद्ध शिष्टाचार भ्रमण हो’ उनले भने ‘चीन र नेपालबीचको रक्षा सहकार्यबारे भ्रमणमा कुराकानी हुनेछ।’

स्रोतका अनुसार चिनियाँ रक्षामन्त्रीको भ्रमणमा चीनले नेपाली सेनालाई विपद् व्यवस्थापन, राहत तथा उद्वार लगायत बिषयमा ‘लजिस्टिक सपोर्ट’ उपलब्ध गराउने सम्बन्धित समझदारी पत्रमा हस्ताक्षर हुनसक्ने सम्भावना छ।

चीनले नेपाली सेनालाई दिने सैन्य सहयोग विस्तारबारे अर्को एक समझदारी पत्रमा हस्ताक्षर हुनसक्ने सरकारी अधिकारीहरुले बताए। चीनले अघि बढाएको ‘वान बेल्ट वान रोड’ अवधारणामा नेपालको सहभागिताका सम्बन्धमा पनि भ्रमणमा कुराकानी हुने बताइएको छ।

चीन र नेपालबीच संयुक्त सैन्य तालिमको पूर्व सन्ध्यामा चिनियाँ रक्षामन्त्री यहाँ आउन लागेका हुन्। उनी त्यसपछि बंगलादेश भ्रमणमा जाने भएका छन्। नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले चीनसंग सैन्य तालिमबारे गृहकार्य जारी रहेको तर टुंगिनसकेको बताए।

भारतीय प्रधानसेनापति नेपाल आउने

भारतीय प्रधानसेनापति विपिन रावत चैत दोश्रो साता नेपाल भ्रमणमा आउने भएका छन्। उनी गत डिसेम्बर अन्तिम साता प्रधानसेनापति नियुक्त भएयता पहिलो नेपाल भ्रमणमा आउन लागेका हुन्।

मानार्थ प्रधानसेनापतिको पदवी ग्रहण गर्न उनी यहाँ आउन लागेका हुन्। नेपाल र भारतमा नयाँ प्रधानसेनापति नियुक्ती भएपछि एक अर्को देशमा मानार्थ प्रधानसेनापति लिन जाने प्रचलन छ।अन्नपूर्ण पाेष्ट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com