विदेशी दलालको चाहनामा संविधान संशोधन हुँदैन : ओली


प्रकाशित मिति : चैत्र ५, २०७३ शनिबार

सुर्खेत/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशीको दवावमा संविधन सशोधन हुन नसनक्ने बताउनु भएको छ ।

मेची–महाकाली अभियान समापनपछि एमालेले सुर्खेतमा आयोजन गरेको सन्देश  सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विदेशी दलालको दवावमा सरकारले संविधान संशोधन विधेयक संसद्मा दर्ता गरेको भन्दै कुनै पनि हालतमा संशोधन हुन नसक्ने बताउनु भएको हो । अध्यक्ष ओलीले दुई चार विदेशी दललाको पछि लागेर सरकारले संशोधन प्रस्ताव अघि सारेको भन्दै राष्ट्रहित विपरित दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित हुन नदिने धारणा राख्नु भएको हो ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार स्थानीय तहको निर्वाचन नगर्ने खेलमा लागेको समेत आरोप लगाउनु भयो । अहिलेको मुख्य आवश्यकता स्थानीय तहको निर्वाचन रहेता पनि सत्ता लम्बाउन सरकार निर्वाचन नगर्ने खेलमा लागेको आरोप लगाउँदै अध्यक्ष ओलीले निर्वाचन गर्दै संविधान कार्यान्वयनमा लाग्नुको विकल्पन नहेको दावी गर्नु भयो ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली काँग्रेसको समेत आलोचना गर्नु भएको छ । राणा शासनविरुद्ध संघर्ष गरेकोे कांग्रेस अहिले मधेसी मोर्चाको नाममा दुई-चार जना उफ्रिदैमा डराएको भन्दै कांग्रेसको आलोचना गर्नु भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सभालाई सम्बोधन गर्दै एमाले नेता माधवकुमार नेपालले निर्वाचनमा जान सरकारले खुट्टा कमाइरहेको अरोप लगाउनु भयो । वर्तमान सरकार स्थानीय तहको निर्वाचन गराउने मानसिकतामा नरहेको भन्दै नेता नेपालले निर्वाचन गराउने आट नभए सुर्सी छोड्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव समेत दिनु भयो । नेता नेपालले निर्वाचनसँग खेलबाड नगर्न चेतावनी दिदै कसरी चुनाव गराउनुपर्छ भन्ने एमालेलाई राम्रोसँग थाहा रहेको धारणा राख्नु भयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com