संविधान संशोधन पारित गर्न काँग्रेसीभित्र दबाब


प्रकाशित मिति : चैत्र ४, २०७३ शुक्रबार

नेपाली काँग्रेसभित्र स्थानीय तहको निर्वाचनअघि नै व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित गर्ने प्रक्रिया अघि बढाउन दबाब बढेको छ ।

तराई–मधेसबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसद तथा केन्द्रीय सदस्यहरुको आज बिहान सिंहदरबारमा बसेको बैठकले यही चैत १० गते बस्ने काँग्रेस केन्द्रीय समितिको बैठकबाट संशोधनको प्रक्रिया अघि बढाउने निर्णय गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।

बैठकमा बोल्ने अधिकांश वक्ताहरुले काँग्रेस मुलुकको जिम्मेवार पार्टी भएको र मुलुकको जटिल समस्या समाधानमा काँग्रेसले नै अग्रसरता लिनुपर्नेमा जोड दिनुभएको बैठकमा सहभागी सांसद रामकृष्ण यादवले जानकारी दिनुभयो ।

“बैठकले तराई मधेसको समस्या समाधानमा पार्टीले अग्रसरता लिनुपर्छ भन्ने निष्कर्ष निकालेको छ”, नेता यादवले भन्नुभयो – “अधिकांशले मुलुक र जनताको हितमा संशोधन प्रस्तावलाई पारित गर्न प्रक्रियामा लगी पारित गराउन केन्द्रीय समितिले निर्णय गर्नुपर्ने धारणा राख्नुभयो ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संविधानलाई सर्वस्वीकार्य बनाई स्थानीय निर्वाचनमा सबैको सहभागिता सुनिश्चित गर्न पनि संशोधन पारित गर्न लाग्नुपर्नेमा बैठकका सहभागीको जोड थियो ।

बैठकमा नेताहरु डा शेखर कोइराला, डा मीनेन्द्र रिजाल, फरमुल्ला मन्सुर, तारिणीदत्त चटौत, अमरेशकुमार सिंह, सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकी, भरत साहलगायत केन्द्रीय सदस्य र सांसदको उपस्थिति थियो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com