फिफ्ना अमेरिकाद्धारा शुभकामना, सैद्धान्तिक कामका साथसाथ मानवीय सहयोग तीब्र पार्ने


प्रकाशित मिति : पुस २१, २०७६ सोमबार

आदिवासी जनजाति महासंघ (फिफ्ना) अमेरिकाले नयाँवर्ष २०२० र आदिवासी जनजातिहरुको राष्ट्रिय चाडपर्वको अवसर पारेर शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

जनवरी ४ मा न्युयोर्कमा आोजित उक्त कार्यक्रमका अवसरमा फिप्नाको वर्तमान अवस्थामा वैचारिक, सांगठनिक साथै कार्यक्रमिक अवधारणामाथी छलफल तथा अन्र्तक्रियासमेत गरेको छ ।

उक्त अवसरमा नेपालको आदिवासी जनजातिहरूको मुद्दा पहिचान सहितको संघियता र आदिवासी जनजातिहरूको समानुपातिक समावेसीकरणको सिद्धान्तको आधारमा राज्यको हरेक तहमा समानुपातिक प्रतिनिधित्व गराउने सवालमा संसारभरी छरिएर रहेका आदिवासी जनजातीहरूको एकतालाई बलियो बनाउँदै समग्र मुद्दालाई सशक्त र प्रभावकारी कार्यान्वयनमा जोड दिन सबै जुट्नुपर्ने बताइएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसैगरी नेपाली अमेरीकन समुदाय विचको एकता, भातृत्व, सद्भाव कायम गर्दै आगामी दिनमा अमेरिकामा रहेका नेपाली आदिवासी जनजातिहरूको संगठनहरूमार्फत् नेपालको भाषा, कला, संस्कृति, रितिरिवाज, भेशभुषालाई विश्व समुदायबीच प्रवर्धन, प्रदर्शन र प्रचार गरेर नेपालप्रति आकर्षित गराउने र नेपाली समुदाय विचमा पनि नेपाली पहिचान सहित वाँच्ने सवालमा एक महत्वपूर्ण कोसेढुंगा बन्ने विस्वास लिएको फिफ्नाले जनाएको छ ।

त्यसैगरी पिफ्नाले नेपाली अमेरीकन समुदायमा नेपाली आदिवासी पहिचानलाई स्थायीरूपमा यहाँको स्थानीय सरकारसँग समेत सहकार्य गरेर उचित संरक्षण र सम्बर्धनको कामहरू गर्ने विषयलाई छलफलको मुख्य ऐजेण्डाका रुपमा प्रस्तुत गरेको थियो । साथै फिप्नाको आन्तरिक सुदृढ़ीकरण, कार्यक्षमता विकास तथा संगठन विस्तारका मुद्दाहरूलाई पनि प्राथमिकता दिने छलफलको अर्को ऐजेण्डा रहेको थियो । यी सबै छलफलहरू र उठेका जिज्ञासाहरूमा सबैको सक्रिय सहभागिता रहेको भन्दै पिफ्नाले उपस्थिति सबैमा धन्वयाद व्यक्त समेत गरेको छ ।

आगामी दिनमा फिप्नाले आफ्नो वैचारिक, सैद्धान्तिक विचारधारालाई पनि प्रमुख प्राथमिकताका साथै मुख्य उद्देश्यमा केन्द्रीत हँुदै नेपाली अमेरीकन समुदायको सामाजिक तथा मानविय कार्यहरूमा सम्पूर्ण नेपाली सामाजिक, सामुदायिक संघसस्थाहरुसंग सहकार्य गर्दै अगाडी बढ्ने निष्कर्ष निकालेको छ ।

नेपाली महावाणिज्यदुतावासका का.बा.महावाणिज्यदूत पुष्पराज भट्टराईको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा वरिष्ठ कानुन व्यवसायी तथा फिप्नाका कानुनी सल्लाहकार रमेश श्रेष्ठ, निवर्तमान अध्यक्ष, संघिय परिषदका सभामुख, न्युयोर्कमा क्रियाशील विभिन्न सामाजिक संघसंस्थाका अध्यक्षहरू, प्रतिनिधीहरू, सल्लाहकारहरू, पूर्वपदाधिकारीहरू,पत्रकारहरू, बुद्धिजीवीहरु, समाजसेवी तथा सामाजिक अभियन्ताहरू लगायत कार्यसमितिका पदाधिकारी, सदस्यहरु, स्वयंसेवक र व्यवस्थापनमा सहयोग गर्ने सम्पूर्णमा फिप्नाले धन्यवाद व्यक्त गरेको छ ।

नेपाल र नेपालीको समृद्धि तथा विकासको लागी नेपाल सरकारले सुरूवात गरेको नेपाल भ्रमणवर्ष २०२० लाई सबै प्रकारले सफल पार्नु आफ्नो कर्तव्य र जिम्मेवारी रहेको बताउँदै यस जिम्मेवारीलाई पुरा गर्नका लागि विभिन्न कार्यक्रमहरुको आयोजना गरिने प्रतिबद्धता समेत महांसघका अध्यक्ष लोक चेम्जोङ तथा महासचिव नरेन्द्र थापाले गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com