बर्डफ्लुको नयाँ भाइरस ‘एच५ एन८’ नेपालमै भेटियो


प्रकाशित मिति : चैत्र ३, २०७३ बिहीबार

नेपालका पक्षीमा पहिलोपटक बर्डफ्लुको नयाँ भाइरस फेला परेको छ । पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको पशु सेवा विभागका अनुसार गत १८ फागुनमा इटहरीको शान्तिटोलका पक्षीमा बर्डफ्लुको नयाँ भाइरस ‘एच५ एन८’ भेटिएको हो ।

इटहरीको तालतलैयाका पक्षी र खनार क्षेत्रका कुखुरामा त्यस्तो नयाँ भाइरस फेला परेको तथ्य नेपालले लुकाए पनि विश्व स्वास्थ्य संगठनले यसको पुष्टि गरेको छ । यसअघि नेपालमा बर्डफ्लु ‘एच५ एन१’ भाइरस देखिँदै आएको थियो । तर, सुनसरीको इटहरी क्षेत्रमा पछिल्लो समय देखिएको भाइरस नयाँ प्रजातिको भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्यले  बताए ।

आचार्यले नयाँ भाइरस देखिए पनि नेपालमा बढी बर्डफ्लु गराउने भाइरस एच५ एन१ नै भएको बताए । ‘इटहरीको ताल–तलैयाका चराहरूमा केही समयअघि देखिएको ‘एच५ एन८’ भाइरस हो । तर, यसले नयाँ रूप परिवर्तन गरिरहने भएकाले धेरै ठूलो विषय मान्नुहुँदैन,’ डा. आचार्यले भने । उनले सुनसरीमा ६ हजार चरा मारिएको जानकारी दिए । भाइरसले नेपालमा रूप परिवर्तन गर्न थालेकाले चरा र कुखुराबाट टाढै रहन आचार्यले सुझाब दिएका छन् ।

नेपालले रिपोर्ट गोप्य राख्यो
‘एच५ एन८’ भाइरसका कारण इटहरी र आसपासमा ६ हजार पक्षीको मृत्यु भइसक्दा पनि सरकारले नयाँ भाइरसबारेको तथ्य गोप्य राखेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसबारे जानकारी गराउनुपर्ने भए पनि उसले इटहरी र आसपासमा देखिएको बर्डफ्लुमा ‘एच५ एन१’ भाइरस भएको बताएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विश्व स्वास्थ्य संगठन र विश्व पशु स्वास्थ्य संगठन (ओआई)ले नेपालमा बर्डफ्लुको नयाँ भाइरस देखिएको भन्दै सचेत रहन आग्रह गरेपछि मात्र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वीकार गरेको हो ।

बर्डफ्लुको शंकामा गरिएको प्रयोगशाला परीक्षणमा युरोपतिर देखिएको बर्डफ्लुको नयाँ भाइरस ‘एच५ एन८’ नेपालमा पनि रहेको पुष्टि भएको हो । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले  भने, ‘यो कहाँबाट आयो भनेर निष्कर्ष निकाल्न बाँकी रहे पनि घुमन्ते चराबाट स्थानीय पक्षीमा सर्ने गरेको विभिन्न अध्यनबाट देखिन्छ ।’

नेपालमा नयाँ प्रजातिको भाइरस देखिएपछि विश्व पशु स्वास्थ्य संगठन (ओआई) र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सतर्क रहन नेपालीलाई आग्रह गरेका छन् । पुनका अनुसार तीन महिनाअगाडि छिमेकी देश भारतमा यो बर्डफ्लुको प्रजाति ‘एच५ एन८’ प्रकोपका रूपमा देखा परेको थियो ।

यसको भाइरस मानिसमा सरेर हालसम्म मृत्यु भएको घटना फेला नपरे पनि मानिसमा सर्न सक्ने सम्भावना भने रहेको बताइन्छ । डब्लुएचओले पनि त्यसैकारण सचेत रहन आग्रह गरेको हो । ‘एच५ एन८’ नयाँ भाइरस हाल युरोप, अफ्रिका तथा एसियाका विभिन्न देशमा प्रकोपका रूपमा देखिएको छ ।नयाँ पत्रिका

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com