ओलीको अभिब्यक्ति अलच्छिन कि सरकार अलच्छिन ? (भिडियो)


प्रकाशित मिति : चैत्र २, २०७३ बुधबार

नेकपा एमाले अध्यक्ष केपी शर्मा होली उखान टुक्काका खानी मानिन्छन । ओलीको भाषण सुन्नभन्दा भाषणमा प्रयोग गरिने उखान थाहा पाउन सबैले कान थापेर सुन्ने गर्छन । राष्ट्रिय राजनीतिक र समयानुकुल व्यङग गर्न सिमालु अ‍ोली यतिबेला मोची–महाकाली राष्ट्रिय अभियानमा उखान्नकै कारण चर्चामा छन ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले अहिलेको सरकार ‘अलिच्छिनी’ भएको बताएका छन् । यो सरकार बनेदेखि नै गाडी दुर्घटना भएको भन्दै ओलीले आमसभामा कस्तो अलच्छिनी सरकार ?’

मेची–महाकाली राष्ट्रिय अभियान लिएर भैरहवा पुगेका प्रमुख विपक्षी दल एमालेका शीर्ष नेताहरुले प्रचण्ड सरकारस“गै मधेसी मोर्चाको पनि चर्को आलोचना गरेका छन् । यतिसम्म कि एमाले अध्यक्ष ओलीले सवारी दुर्घटना पनि प्रचण्ड सरकारकै कारण भएको बताउ भ्याए ।
ओलीले भाषणमा भने ‘विकास प्रेमी, नेपाली जनताले मन पराएको सरकारलाई हटाएर अर्कैको इशारामा एउटा यस्तो सरकार बनेको छ । यो सरकार बनेदेखि गाडी नपल्टिएको दिन नै छैन । उम्दै उलच्छिनी सरकार ?”

उनले मधेसी मोर्चामाथि केही मानिस मराउने र त्यसमाथि राजनीति गर्ने गरेको आरोप लगाए । सप्तरीमा पनि त्यस्तै भएको भन्दै उनले तथाकथित मधेसी मोर्चाले केही मानिसलाई उचालेर भिडन्तको स्थिति बनाएको बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संविधान संशोधन विधेयक कुनै हालतमा पास हुन नदिने भन्दै ओलीले भने, ‘भत्ता लिने, गाडी चड्ने अनि संविधान मान्दिन भन्ने । ओलीले भाषणमै नकचरोको पनि हद हुन्छ नि ?’

ओलीले मधेशी मोर्चा र सरकारलाई मात्र छोएनन भाषणमा ‘नयाँ शक्ति पार्टी नेपाल माथि पनि व्यङग प्रहा गरे । ओलीले नेपाल शाक्ति पार्टी बुद्धि विग्रिएकाहरुको समूह भएको व्यङग गरे । मेची–महाकाली राष्ट्रिय अभियान अन्तरगत भैरहवामा भएको आमसभामा एमाले अध्यक्ष ओली नया शक्ति नेपालमाथि पनि खनिए । उनले नया शक्ति पार्टीलाई बुद्धि बिग्रिएका र भ्रष्ट बुद्धिजिवीहरुको संगठनको संज्ञा दिए । ‘एमाले मुक्त नेपाल निर्माण गरौं’ भनेको भन्दै ओली अर्का पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईसग आक्रोशित भएका रहेछन् ।

‘कुन संसारमा छन् यिनीहरु ?’ भन्दै भाषण गरेका एमाले अध्यक्ष ओली आफैं पनि नक्कली फेसबुक अकाउन्टको भरमा गालीगलौजमा उत्रिएका रहेछन् ।

फागुन २२ मा बाबुराम भट्टराई नामको फेसबुक पेजमा ‘एमाले मुक्त नेपाल निर्माण गरौं, हिमाल, पहाड र तराईबीचको सदभाव कायम गरौं’ भन्ने स्टाटस लेखिएको थियो । तर, यो पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नभई उनको नाममा खोलिएको नक्कली फेसबुक एकाउन्टको स्टाटस रहेछ । तर, ओलीले भट्टराईकै ठानेका रहेछन् । र, भैरहवाको सभामा भने, ‘एमालेलाई तराई पस्न दिदैनौं रे । एउटा यो नया“ शक्ति कि के भन्ने बुद्धि बिग्रेका भ्रष्ट बुद्धिजीवीहरु छन, यो भ्रष्ट बुद्धिजीवीहरुको संस्थाले पनि अस्ति एउटा ट्विट गरेछ एमाले मुक्त नेपाल भनेर ।’

उनले फेरि थपे, ‘अचम्म लाग्यो । कुन संसारमा छन् यिनीहरु ? कसले यिनीहरुलाई यस्तो भन्ने आ“ट दियो । कसले हिम्मत दियो ? कसको बलमा भुक्दैछन् ? बडा अचम्म लाग्छ यहा“ ?’
ओलीले नया“ शक्ति नेपाललाई बुद्धि बिग्रिएकाहरुको समूहको संज्ञा दिएका छन् । नया“ शक्ति नामको २–४ जनाको समूहले एमाले मुक्त अभियान भनेको भन्दै उनले भने, ‘बुद्धि बिग्रिएका भ्रष्ट बुद्धिजिवीहरुको संगठन ।’

ओलीले संविधानसभाबाट जारी भएका केही दिनमै मधेशी मोर्चाहरु निरन्तर आन्दोलनमा थिए । तर ओलीको पार्टीको मुख्यालयमा पत्रकार सम्मेलन गरि मधेहमा केही आपहरु छरे पनि रुख रितो हुने व्यङग गरे । जहा की मधेशको आन्दोलनमा सरकारी दमनबाट दिनहु“ प्रदर्शनकारीहरु मरिनै रहेका थिए ।

ओलीको बोलीबाट चर्चा कमाएका ओलीको कारण विभिन्न समयमा आलोचना समेत हुने गरेको छ । उनको उडन्ते बोली र उडन्ते तरिकाले मुलुकको पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष्ँ हुन् कि हास्य श्रृखलाका पात्र हुन् भन्ने छुट्टयाउन नै सकिएको छैन । हास्य कार्यक्रमको पात्रभन्दा फरक नदेखिने गरी ओली मेची–महाकाली अभियानमा प्रस्तुत भएका छन् । उनले आफ्नो पद र मर्यादालाई भुलेर चटके शैलीमा प्रस्तुत अभियानमा लागेका छन ।

राजनीतिक व्यूरो एबीसी टेलिभिजन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com