अमेरिकाको डिसी स्थित भारतीय राजदुतावासमा एनआरएनए अमेरिकाद्वारा बिरोध पत्र पेश


प्रकाशित मिति : मंसिर २०, २०७६ शुक्रबार

नेपालको भुमि अतिक्रमण बिरुद्ध अमेरिकाको राजधानी वाशिंगटन डिसी  स्थित भारतीय राजदुतावासमा एनआरएनए अमेरिकाद्वारा बिरोध पत्र पेश गरेको छ ।

भारतीय सरकारले हालै प्रकाशित गरेको नक्शामा नेपालका भूभागहरु कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रहरु गलत तरिकाले नक्शाभित्र पारिएको भन्दै भारतीय राजदुतावासमा एनआरएनए अमेरिकाद्वारा बिरोध पत्र पेश गरेको हो ।

उक्त अवसरमा गैरआवासीय नेपाली संघ आईसिसि उपाध्यक्ष रबिना थापा, अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठी ,एनआरएन अमेरिकाका बरिष्ठ उपाध्यक्ष डा अर्जुन बन्जाडे, उपाध्यक्ष कृण्ण जीबी पन्थ, बोर्ड अफ डायरेक्टर छत्र गुरुग,मेरिल्याण्ड च्याप्टर अध्यक्ष डोलनाथ घिमिरे एबं समाजसेवी प्रेम कुमार श्रेष्ठको उपस्थित रहेको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त अवसरमा नेपालको सार्वभौम भूमि आफ्नै सिमाभित्र सुरक्षित गर्नका लागि सघाउन समेत सम्पुर्ण नेपालीहरुलाई अनुरोध गरिएको छ । यद्यपी दुई देश बीचको सिमा समस्या दुईपक्षीय कुटनीतिक संवाद मार्फत समाधान हुनुपर्नेमा एनआरएनएले जोड दिएको छ ।

एनआरएनए आईसिसिले शुरु गरेको यस अभियानलाई बिश्वभर रहेका एनआरएनए एनसीसीहरुले अभियानका रुपमा अगाडी बढाउने क्रममा भारतीय दूतावासमा एनआरएन एनसिसि अमेरिकाले बिरोध पत्र पेश गरेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com