यस्तो छ नेपालमा भारतीय अतिक्रमणबिरूद्ध अमेरिकी व्हाइटहाउस अगाडि नेपालीले निकाल्ने जुलुसको तयारी


प्रकाशित मिति : मंसिर १५, २०७६ आईतबार

– विजय थापा

कालापानीमा भारतले गरेको भूमि अतिक्रमण बिरुद्ध अमेरिका भरका नेपालीहरु डिसीमा जम्मा भै सशक्त बिरोध जुलूस प्रदर्शन गर्ने उद्धेश्यसाथ तिब्र गतिमा अगाडी बढी रहेको आयोजकले जनाएको छ ।

उक्त प्रदर्शन व्हाइट हाउस अगाडी रहेको लाफेएट उद्यान (पार्क )मा डिसेम्बर १४ शनिबारका दिन बिरोध प्रदर्शन हुने छ । हालसम्म डिसी बिरोध प्रदर्शन समितिले यस बिषयमा ३ पटक बैठकको आयोजना गरि विभिन्न महत्वपूर्ण निर्णयहरु गरेका छन् ।

उक्त दिन बिहान १० बजे प्रदर्शन गर्ने समय निर्धारण गरिएको छ भने संयुक्त नेपाली मोर्चा जस्लाई ‘नेपालीको क्षेत्रीय अखण्डताको लागि नेपालीहरू’नामक नेपालीहरुको समूहले नेतृत्व गर्ने छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत बुधबार नोभेम्बर २७ का दिन बसेको बैठकले जानकारी गराए अनुसार हाल सम्म डिसेम्बर १४ का दिनलाई अनुमति प्राप्त भै नसकेको जनाएको छ । डिसेम्बर १४ या १५ का दिन बिरोध प्रदर्शन हुन् सक्ने लचकता समेत लिएको छ ।

उक्त बैठकले डिसी बिरुद्ध प्रदर्शन संचालक समितिको नेतृत्व बानाका पूर्व अध्यक्ष कुलमणि आचार्यले गर्ने र उनको नेतृत्वले सबै संघ/संस्था र व्यक्तिहरुसंग सम्पर्क गरि समन्वय गर्ने छन् ।

बैठकले डिसी बिरोध प्रदर्शन अन्य विरोध प्रदर्शन मध्ये कै एक रुप हो । र ,यो एक निरन्तर प्रक्रिया हो भन्ने कुरामा जोड दिएको छ । बैठकले अन्य प्रकारका विरोध प्रदर्शन एकैसाथ आयोजना समिति मार्फत गर्ने जनाएको छ ।

डिसी बिरोध प्रदर्शन आयोजना समितिले भारत,अमेरिका,बेलायत ,चीन ,सयुक्त राष्ट्र संघ प्रधान कार्यालय ,नेदरल्याण्डको अन्तर्राष्ट्रिय न्याय अदालत ,सर्वेक्षण विभाग भारत ,अमेरिकी विदेश मन्त्रालय ,नेपाल ककस ,सिनेट कार्यालय ,नेपाली संचार माध्यमलाई पत्राचार गर्ने जनाएको छ ।

साथै यस बिषयमा अमेरिकी मुलधारका संचार माध्यम ,नेपाली संचार माध्यम ,अमेरिकामा रहेको नेपाली पत्रकारहरुको संस्थाहरु ईञ्जा र नेजालाई समेत संलग्न गराइने निर्णय गरेको छ ।

उक्त बिशाल बिरोध प्रदर्शनमा स्थानीयहरूद्वारा व्यवस्थित सांस्कृतिक प्रदर्शन समावेश समेत हुनु पर्ने कुरामा जोड दिएको छ । कार्यक्रमको लागि कोष वृद्धि तथा अन्य बिबिध बिषयमा आयोजक समितिले काम गर्ने छ ।

डिसी बिरोध प्रदर्शन हुनु अगाडी एक पटक भौतिक बैठक बोलाइने जनाएको छ । डिसी बिरोध प्रदर्शन पछि बिज्ञ वक्ता समूहको छलफल एएनएका पूर्व अध्यक्ष तथा समाजसेवीले व्यवस्थापन गर्ने छन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com