प्रधानमन्त्री प्रचण्डलाई बाबुरामले बुझाए १० लाख


प्रकाशित मिति : फाल्गुन ३०, २०७३ सोमबार

नयाँ शक्ति पार्टी, नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय व्यवस्थाको माग गर्दै संकलन गरेको १० लाख हस्ताक्षर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ ।  पार्टी संयोजक डा.बाबुराम भट्टराईको नेतृत्वमा सोमबार प्रधानमन्त्री निवास बालुवाटर पुगेको टोलीले संकलित हस्ताक्षर बुझाएको हो । हस्ताक्षर बुझ्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो–‘प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयमा आएको तपाईहरुको यो प्रस्ताव सदनमा राख्नको निम्ति पहल गर्नेछु ।’

हस्ताक्षर हस्तान्तरण गर्दै संयोजक डा.बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी नेपाल निर्वाचनको पक्षमा रहेको बताउँदै भन्नुभयो ‘घोसित निर्वाचनमा सबैपक्ष सहभागि हुनसक्ने वतावरण राज्यले मिलाउनुपर्छ ।’

उहाँले संविधान संशोधन गरेर मात्र निर्वाचनमा जान उपयुक्त हुने सुझाव समते दिनुभएको छ । भेटमा डा. भट्टराईले कञ्चनपुरमा भएको गोलीकाण्डका बारेमा निष्पक्ष छानविन गरी दोषीमाथि कार्वाही गर्न माग गर्नुका साथै सीमा समस्यालाई दीर्घकालीन रुपमा व्यवस्थापन गर्न आग्रह समेत गर्नुभएको थियो ।  घरघरमा नयाँ शक्ति अभियान अन्तर्गत नयाँ शक्तिले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय व्यवस्थाको पक्षमा १० लाख हस्ताक्षर संकलन गरेको हो ।

हस्ताक्षर बुझाउनु पूर्व नयाँ शक्ति पार्टी आजै काठमाडौँको माइतिघर मण्डलामा १२ देखि १ बजेसम्म सप्तरी र कञ्चनपूरमा भएको घटनाको विरोध र दोषीमाथि कार्वाहीको माग गर्दै धर्ना समेत दिएकाे थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

धर्ना कार्यक्रममा बोल्दै संयोजक डा बाबुराम भट्टराईले देशमा सदाचार र स्थिर सरकारको निम्ति प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा सदन र सड्कबाट दवाव सृजना गर्ने बताउनु भएको थियो ।  सोही कार्यक्रमा बोल्दै पार्टीका सहसंयोजक रामचन्द्र झाले संविधान संसोधन गरेर मधेशी जनताको भावनाको कदर गर्न माग गर्नुभयो । यहाँले जनतालाई गोली दागेर समस्याको समाधान नहुने बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com