अष्ट्रेलियामा नेपाली दम्पत्तिबीच हानाहान, रुपन्देहीका सन्तोष गौतमको मृत्यु, श्रीमती हिराशतमा


प्रकाशित मिति : मंसिर ७, २०७६ शनिबार

अष्ट्रेलियामा नेपाली दम्पत्तिबीच हानाहान हुँदा श्रीमानको मृत्यु भएको छ । उनीहरुबीच शनिबार बेलुका झगडापछि हानाहान भएको जनाइएको छ ।

ग्रान्सभिलको घरबाट फोन आएपछि बेलुका साढे ७ बजे प्रहरी घटनास्थलमा पुगेको थियो । घटनास्थलमा पुग्दा श्रीमान अचेत अवस्थामा थिए भने श्रीमती पनि घाइते अवस्थामा थिइन् ।

गम्भीर घाइते भएका श्रीमानलाई नजिकैको अस्पतालमा लगिएको थियो । अस्पतालमा उपचारका क्रममा उनका निधन भएको जनाइएको छ । मृत्यु हुने व्यक्ति रुपन्देहीका ३४ बर्षका  सन्तोष गौतम रहेको जनाइएको छ । मृतक सन्तोषको टाउकोमा गम्भिर चोट लागेको थियो ।

घाइते श्रीमतीलाई पनि उपचारका लागि अस्पतालमा लगिएको थियो । तर उनको अवस्था भने सामान्य रहेको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनीहरुबीच सुरुमा सामान्य विषयमा घरझगडा भएको र पछि हानाहानकै अवस्था आएको जनाइएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । तर घटना घरेलु हिंशासँग सम्बन्धित भएको आशंका गरिएको छ ।

उपचारपछि डिस्चार्ज गरिएकी ३४ बर्षकी श्रीमतीलाई पछि ग्रान्सभिल प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई आजै पारामाथा बेल कोर्टमा पेश गर्ने जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com