११ तोपको सलामीसहित गौतमको अन्त्येष्टि आज


प्रकाशित मिति : फाल्गुन २९, २०७३ आईतबार

भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोलीबाट गत बिहीबार मृत्यु भएका पुनर्बासका गोविन्द गौतमको आइतबार राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ । उनलाई ११ तोपको सलामी दिने निर्णय भएको छ ।

सरकारले राष्ट्रिय सम्मान दिने भएपछि उनको अन्त्येष्टि आइतबार गर्ने स्थानीयले जनाएका छन् । उनलाई सहिद घोषणा गर्दै सरकारले ११ तोपको सलामी दिने निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले बताए । राष्ट्रिय सम्मानको विषयमा सरकारले निर्णय नगर्दा शनिबार गरिने भनिएको अन्त्येष्टि स्थानीयले स्थगित गरेका थिए ।

गत बिहीबार सीमानजिक बनाइएको कल्भर्ट विवादमा भारतीय फौजले गोली चलाउँदा उनको मृत्यु भएको थियो । उनको शव सेती अञ्चल अस्पताल धनगढीमा राखिएको छ । आइतबार बिहान ८ बजेबाट शवयात्रा गरिने स्थानीयले जनाएका छन् ।

पुनर्बासका स्थानीय राजनीतिक दल, नागरिक समाजले राजकीय अन्त्येष्टि हुनुपर्ने माग गरेर शव बुझेका थिएनन् । उनीहरूले अत्येष्टिका लागि प्रधानमन्त्री, गृहमन्त्री या मन्त्री आउनुपर्ने र राष्ट्रियताको विषय भएकाले राहत रकमसमेत बढाउनुपर्ने माग गरेको स्थानीय लक्ष्मण कुमालले बताए । कुमालका अनुसार गौतमको पोस्टमार्टम भइसकेको छ । शवयात्रा दोधा नदीमा पुगेर टुंगिनेछ । सोही नदी–किनारमा सरकारी सम्मानका साथ उनको अन्त्येष्टि गरिने स्थानीय प्रशासनले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सामान्य बन्दै पुनर्बास
बिहीबार र शुक्रबार अशान्त रहेको पुनर्बास क्षेत्र शनिबार तुलनात्मक शान्त बनेको छ । नेपाली सुरक्षाकर्मीले घटनास्थलभन्दा तीन सय मिटर वरसम्म मात्र जान दिएको छ । शनिबार तीन सय मिटर वरै प्रदर्शन भएपछि झडपको सम्भावना टरेको हो । घटनाको विरोधमा शनिबार पनि महेन्द्रनगरमा विप्लव नेतृत्वको नेकपाले प्रदर्शन गरेको छ । प्रदर्शनमा ठूलो संख्यामा स्थानीयको सहभागिता थियो ।

गौतमका नाममा गेट बनाउन माग
पुनर्बासका स्थानीय राजनीतिक दलले गोविन्द गौतमको नाममा पुनर्बासनजिकको नेपाल–भारत सीमा क्षेत्र कारगिल डाँडामा गेट बनाउन माग गरेका छन् । शनिबार पुनर्बासका सर्वदलीय राजनीतिक दलको बैठकले गेट बनाउनुपर्ने माग अघि सारेका हुन् ।

नेकपा पुनर्बासका नेता वीरबहादुर थापाले स्थानीय राजनीतिक दलबीच गौतमको सम्झनामा गेट निर्माण, सालिक र उनको नामबाट गाउँको नाम राख्ने सहमति भएको बताए । थापाका अनुसार बैठकले सरकारले घोषणा गरेको राहत १० लाखलाई स्विकार्दै राहत बढाउन माग गर्ने निर्णय गरेको छ । गौतमकी पत्नी गोमतीलाई पुनर्बास नगरपालिका कार्यालयमा जागिर दिनसमेत सबै दल सहमत भएका छन् ।

‘मृतक गोविन्दकी श्रीमती गोमतीलाई योग्यताका आधारमा नगरपालिकामा रोजगार दिलाइन्छ,’ उनले भने, ‘मृतक परिवारको दैनिक गुजारा सञ्चालनमा सजिलोका लागि स्थानीय तहमा रोजगार उपलब्ध गराइएको हो ।’ पुनर्बासका राजनीतिक दलले सो क्षेत्रमा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा क्याम्प स्थापना गर्नसमेत माग गरेका छन् । यसअघि पनि पटक–पटक सरकारसँग सीमा सुरक्षाका लागि क्याम्पको माग गर्दै आए पनि पूरा नभएको थापाले बताए । नयाँ पत्रिकाबाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com